पल र मलिकाको ‘लाखौँ हजारौँ’, फरक गेटअपमा रोमान्स ​(भिडियो)

गायक याबेश थापाको सुपरहिट गीत ‘लाखौँ हजारौँ’को फिमेल भर्सन सार्वजनिक भएको छ । केन्द्र मोसन्सको प्रस्तुतिमा तयार भएको गीतमा सन्जु मोक्तानको स्वर रहेको छ भने यवेश थापाको शब्द संगीत रहेको छ ।

पिएम जोडी अभिनीत भिडियोमा भेम्पायरको कथा समेटिएको छ । पल र मलिकासंगै भिडियोमा निर्देशक युगलको पनि अभिनय रहेको छ । अन्य म्युजिक भिडियोमा गरेको अभिनय भन्दा यो भिडियोमा पल र मलिका फरक गेटअपमा देखिएका छन् । सम्पादन,कलरिङ् र भीएफ एक्स भिडियोमा जीवन थापाले गरेका छन् । भिडियोको छायाङ्कन अर्जुन तिवारीले गरेका हुन् ।

पछिल्लो समय नेपाली म्यूजिक भिडियोमा सर्वाधिक चर्चित जोडी हो , नायक पल शाह र नायिका मलिका महत्तको जोडी । ‘फुलबुट्टे सारी’, ‘टाढा भएपनि’,‘आँखामा आउने सपनी’ र ‘तिम्रो मनमा ए कान्छा’ बोलको गीतमा पल र मलिकाको जोडीलाई देख्न सकिन्छ । तीनैवटा गीतलाई केन्द्र मोशन पिक्चर्सले निर्माण गरेको हो । ‘फुलबुट्टे सारी र टाढा भएपनि’का फिमेल भर्सनले युटुबमा नयाँ नयाँ रेकर्ड बनाए ।

मेल भर्सनमा हिट भएको गीतलाई फिमेल भर्सनमा केन्द्र मोसनले सार्वजनिक गरिरहेको छ । जसमा पल र मलिकाले अभिनय देख्न सकिन्छ । हिट गीतको फिमेल भर्सनमा जमेको पल र मलिकाको जोडीले दर्शकको बेजोड माया पनि पाएको छ। दर्शकले अत्याधिक मनपराएको जोडीलाई छिट्टै चलचित्रमा पनि हेर्न पाइने छ । पल र मलिकालाई लिएर केन्द्र मोसन पिक्चर्सले नै चलचित्र बनाउँदै छ । यतिबेला चलचित्रको धमाधम कथा लेख्ने काम भैरहेको छ ।

दर्शकले रुचाएको यो जोडीलाई केन्द्र मोशन पिक्चर्सले संझौतामा पनि बाँधेको छ । यी दुई कलाकारसँग केन्द्र मोशनले गत वर्ष चैत्रमा संझौता गरेको थियो । सम्झौता अनुसार, पल र मलिकाले ६ महिनासम्म केन्द्र मोशन बाहेकको कम्पनीसँग एकसाथ म्यूजिक भिडियोमा काम गर्न पाउने छैनन् । केन्द्र मोशनले ६ महिनामा १० वटा भिडियो बनाउने गरि पल र मलिकासँग संझौता गरेको हो ।

गीत हेर्नुहोस् :-

Leave a Reply