तक्मेबुढाको ‘सेल्फी खिचौंला ए माया’ सार्वजनिक (भिडियो)

हास्यकलाकार विल्सन विक्रम राईले नयाँ ‘सेल्फी खिचौंला ए माया’ बोलको नयाँ म्युजिक भिडियो सार्वजनिक गरेका छन् । आफ्नै शब्द रचना र गायकीमा विल्सनले यो गीत तयार पारेका हुन् । कमेडी शैलीमा तयार गरिएको गीतमा मेलिना राईको पनि स्वर छ । गीतमा दीपक शर्माले संगीत भरेका छन् ।

विल्सनले नै निर्देशन गरेको गीतको भिडियोमा सुरेन बसेलको कोरियोग्राफी छ । गीतमा बुद्दि तामाङ, रजनी गुरुङ, विक्रम धिमाल र विल्सन आफैले तक्मेबुढाको भूमिकामा अभिनय गरेका छन् ।विक्रम डिसीको छायांकन र मनोज कार्कीको सम्पादन रहेको भिडियोलाई विल्सनले आफ्नै युट्युब च्यानल तक्मेबुढा डटकमबाट सार्वजनिक गरेका हुन् ।

Leave a Reply