सुशान्त केसी र आना शर्माको प्रेमको चर्चा!

चलचित्रसँगै प्रेम सम्बन्धका कारण चर्चामा रहने अभिनेत्रीमा आना शर्माको नाम पनि अगाडि आउँछ । ‘जेरी’मा एकसाथ काम गर्ने क्रममा उनी अभिनेता अनमोल केसीको प्रेममा डुबेका थिए । पछि उनीहरुको ब्रेकअप भयो । केही समयअघिसम्म आना सोनम शेर्पासँग प्रेम सम्बन्धमा थिइन् । तर अहिले सोनम र आनाबीच ब्रेकअप भइसकेको छ । र अब भने आनाको गायक सुशान्त केसीको प्रेममा छिन् ।

यी दुवैले केही महिनादेखि डेट गरिरहेका छन् । सन् २०२२ को न्यु इयर मनाउन पनि आना र सुशान्त मुस्ताङ पुगेका थिए । केहि दिन अघि सुशान्तको कन्सर्टको लागि आना पनि सुशान्तसँगै पोखरा पुगेकी थिइन् । उनीहरुको पोखरा घुमघामका तस्विर पछिल्ला दिनमा सामाजिक संजालमा भाइरल छन् । केही समयअघि आनालाई लिएर सुशान्तको म्युजिक भिडियो पनि सार्वजनिक भएको थियो ।

Leave a Reply