‘फास्ट एण्ड फ्यूरियस ९’को प्रर्दशन मिति एक वर्षपछि सर्‍यो

 विश्वभर महामारीको रूप लिइरहेको कोरोना भाइरस  (कोभिड-१९) को संक्रमणका कारण सिनेमा क्षेत्रलाई ठूलो असर परेको छ ।कोरोनाका कारण ठूलो बजेटका र बहुप्रतिक्षित चलचित्रहरूको प्रदर्शन मिति पछि सार्दै छायांकनसमेत धमाधम स्थगित गरिँदै छन् ।

यस्तैमा कोरोनाको संक्रमण फैलिने डरका कारण हलिउड चलचित्र फास्ट एण्ड फ्यूरियसको नवौं सिरिजको रिलिज मिति एक वर्षपछि सारिएको छ । आगामी २२ मेमा रिलिज हुने भनिएको फास्ट एण्ड फ्यूरियस ९ अब २ अप्रिल २०२१ मा रिलिज गरिने भएको छ ।

चलचित्रको निर्माण कम्पनी युनिभर्सल स्टुडियोजले चलचित्र रिलिज एक वर्षपछि सारिएको जानकारी दिएको छ । यसअघि ‘जेम्स बण्ड सिरिजको चलचित्र ‘ नो टाइम टु डाई’ को रिलिज पनि स्थगित गरिएको छ ।

Leave a Reply