‘बाटोको काँडा’मा संचारकर्मी नरेश र रेबिकाको रोमान्स (भिडियो)

गायक सपन राईको नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ । ओएसआर डिजिटलको अफिसियल युट्युब च्यानल मार्फत हेर्न सकिने ‘बाटोको काँडा’ बोलको गीतमा तारा प्रकाश लिम्बुको शब्द तथा सङ्गीत रहेको छ भने गीतलाई सहाश शाक्यले एरेन्ज गरेका हुन्। सार्वजनिक गीतको भिडियोमा सञ्चारकर्मी नरेश भट्टराई र नायिका रेविका गुरुङ फिचर्ड छन् । संचारकर्मी नरेश भट्टराईले करिब आठ बर्षपछि म्युजिक भिडियोमा कमब्याक गरेका हुन् ।

राजकुमार केसीले छायाङ्कन गरेको म्युजिक भिडियोलाई धुव्रराज पराजुलीले सम्पादन गरेका छन् । चाम्स इन्टरटेगमेन्टले प्रस्तुत गरेको गीतको भिडियोमा नरेश र रेविका प्रेमीप्रेमिकाको रुपमा प्रस्तुत छन् ।

Leave a Reply