अभिनेत्री तथा मोडल जेविका कार्कीले गरिन् इन्गेजमेन्ट

अभिनेत्री तथा मोडल जेविका कार्कीले इन्गेजमेन्ट गरेकी छन् । जेविकाले आफ्नो प्रेमी चलचित्रका निर्माण नियन्त्रक मनोज जोशीसँग बुधबार इन्गेजमेन्ट गरेकी हुन् । पेप्सीकोलास्थित कार्कीकै निवासमा यी दुईले आफन्त र साथीभाइको उपस्थितिमा इन्गेजमेन्ट गरेका हुन्।

उनीहरु चार वर्षदेखि प्रेम सम्बन्धमा थिए । उनीहरुको आगामी फागुन ४ गते विवाह र ७ गते रिसेप्सन पार्टी हुने छ । जेविकाले ‘हिजोआजका कुरा’, ‘जयश्री दाम’, ‘कारखाना’, ‘पर्व’ र ‘जन्मभूमि’जस्ता चलचित्रमा साथै थुप्रै म्युजिक भिडियोमा पनि अभिनय गरेकी छन् ।

Leave a Reply