नायक अनमोल केसी माथि मुद्दा दर्ता

मेघा स्टार अनमोल केसीलाई लिएर निर्माण घोषणा गरिएको चलचित्र  ‘धुपौरे’ को काम अगाडी बढेको छैन । निर्माण टिमले पछिल्लो समयमा आएर अनमोल केसी विरुद्ध काठमाडौं महानगरीय प्रहरी परिसर हनुमानढोकामा ठगी मुद्धा समेत हालेको छ ।

केही समय अगाडि चलचित्र “धुपौरे” मा अनमोल केसी ६० लाखमा अनुबन्धित भएको खबर चर्चामा थियो । चरित्र जिवन्तता बनाउनको लागि अनमोलले निर्देशक साम्तेन भुटियासंग लोकेसनमा पुगेर अध्ययन गरेको तस्बिर समेत निर्माण टिमले सार्वजनिक गरेको थियो । “धुपौरे”को चरित्र निर्वाह गर्नका लागि अनमोलले निकै मेहेनत गरेको भनेर समाचार आएको थियो । गत मंसिरमा नै फ्लोरमा जान लागेको चलचित्रलाई स्क्रिप्ट चित्तबुझ्दो नभएको बहानामा अनमोलले चलचित्र नगर्ने समाचार बाहिर आएको थियो । यो बारेमा निर्माण टिमले भने आफुहरुलाई कुनै जानकारी नभएको र चलचित्र सुटिङमा जाने समेत जानकारी गराएको थियो ।

तर अहिले आएर निर्माण टिम र अनमोल केसी बिचको विवाद छताछुल्ल भएको छ यतिसम्म कि अनमोल केसी विरुद्ध काठमाडौं महानगरीय प्रहरी परिसर हनुमानढोकामा ठगी मुद्धा समेत हालेको छ । सञ्चार माध्यममा चलचित्र छोडेको भन्ने निरन्तर समाचार आएपछि निर्माण टिमले अनमोल केसीसँग जानकारी लिन खोज्दा लामो समय देखि अनमोल केसीसँग सम्पर्क नभएको र बारम्बार सम्पर्क गर्न खोज्दा फोन नम्बर समेत परिवर्तन गरेको निर्माता रुपेन्द्र खड्गीले आरोप लगाएका छन् ।

खड्गीले भने “हाम्रो टिम सुटिङ को लागि सबै तयारी अवस्थामा थियो । अनमोल केसीकै जबरजस्तीले नयाँ नायिकाको लागि तीन दिन भब्य अडिसन गरेर नायिका लगायत अन्य कलाकार समेत फाइनल गरेका थियौ ।” सम्पुर्ण तयारी सकेपछि अनमोल केसीलाई सम्पर्क गरे तर अनमोलसँग सम्पर्क भएन । सुटिङको मिति परिवर्तन भयो मंसिर १८ बाट फ्लोरमा जान सम्पुर्ण टिम तयार भयो तर अनमोल गायब भए ।

त्यसपछि निर्माण टिमले अनमोल केसीका बुवा भुवन केसीसँग सम्पर्क गरे । अन्तिम समयमा आएर भुवनले स्किप्ट सच्चाउन लगाए । निर्माण टिम स्क्रिप्ट सच्चाउन तयार भयो । त्यसपछि पनि भुवनसँग सुटिङ डेट मिलाउन बारम्बार अनुरोध गरे तर भुवनले पनि विभिन्न बाहानामा अल्झाइरहे । अनमोल केसी र निर्देशक साम्तेन भुटियाले धुपौरेको स्क्रिप्ट राम्रो छ भनेर नै निर्माण टिमले चलचित्रलाई अगाडि बढाएको थियो ।

तर निर्माण टिमले धेरै प्रयास गर्दा पनि अनमोल भुवनले चासो देखाएनन् । अग्रीमेन्ट गरेर पैसा नि लगिसके सबै जनाको अग्रीमेन्ट भैसक्यो । यति धेरै पैसा डुबिसक्यो तर उनीहरुलाई मतलब नै छैन । उनीहरुले जे भन्छन त्यही हिसाब ले काम गरौ । स्क्रिप्ट चित्त नबुझे मिलाउ के कुरा चित्त बुझेन हामी जे पनि गर्छौ तर चलचित्र नरोकौ । एउटा डेट दिनुस् त्यही डेट मा शूटिङ गरौ भन्दा नि भुवन र अनमोलले टेरपुच्छर लगायएन त्यसकारण बाध्य भएर हामीले अनमोल केसी विरुद्ध मुद्धा दर्ता गरेका हौ निराश हुदै निर्माता रुपेन्द्र खड्गीले बताए ।

Leave a Reply