‘देव वाणी’को पुष २७ गतेलाई प्रदर्शन मिति घोषणा गर्दै फर्स्टलुक पोस्टर सार्वजनिक

बाबु साहेव बलामीको निर्देशनमा बनेको चलचित्र ‘देव वाणी’को प्रदर्शन मिति घोषणा गर्दै फर्स्टलुक पोस्टर सार्वजनिक गरिएको छ । आगामी पुष २७ गतेलाई प्रदर्शन मिति तय गरेको चलचित्रको दुईवटा पोस्टरमध्ये एउटामा सुनिल थापा, कुन्दन भारद्वाज र अनुजा लेप्चा फिचर्ड छन् । त्यस्तै, दोस्रो पोस्टरमा कुन्दनलाई एक्सन मुडमा चित्रित गरिएको छ ।

फिल्ममा कुन्दन भारद्वाज, अनुजा लेप्चा सुनिल थापा, ध्रुब कोइराला, नन्दु श्रीवास्तव, अमिता श्राप, मौसम पौडेल, देव सिंह, प्रदीप ढकाल, सरिता भण्डारी, लक्ष्मीनाथ तिमल्सिना, काजोल राघवाणी र मौसम पौडेलको अभिनय छ । फिल्ममा निराजन मेहता मन्जिलको कथा, हरिबहादुर घलेको छायांकन र श्री श्रेष्ठको द्वन्द्व छ । मौसम फिल्मस् प्रोडक्सन हाउस र अनुजा इन्टरटेनमेन्टको व्यानरमा बनिरहेको फिल्म सिमरा, वीरगन्ज, इटहरी र काठमाडौंमा छायांकन भएको हो ।

मौसम पौडेल प्रस्तुतकर्ता रहेको फिल्ममा मिना खड्का र हिराबहादुर लेप्चा निर्माता छन् । महेन्द्र यादव कार्यकारी निर्माता रहेको फिल्ममा तेञ्जु योञ्जनको कोरियोग्राफी, मनोहर सुनामको संगीत र तर्कराज न्यौपानेको मुख्य सहायक निर्देशन रहनेछ । चलचित्र नेपाली र हिन्दी भाषामा निर्माण भएको छ ।

Leave a Reply