अञ्जुले लिएर आइन् तीजको लहर

गायिका अञ्जु श्रेष्ठले हरेक वर्ष तीजको गीत लिएर आउने गर्छिन् । यसपटकपनि उनले तीजकोलहर लिएर आएकी छिन्। विगत ६ र ७ वर्ष देखि उनी नियमित रुपमा तीज गीत लिएर आउने गरेकी छिन्।

अञ्जु श्रेष्ठले यस वर्ष तीजको युगलगीत बनाएकी छिन्। विगतका वर्षहरुमा एकल स्वर लिएर आउने गरेकी अन्जुले यसपटक बिना भट्टराईलाई पनि साथ लिएकी छिन्। यसपटकको तीजगीतमा आफ्नो स्वरदिनुका साथै बिनाभट्टराईले शब्द पनि लेखेकी छिन्। संगीत भने मीन गुरुङले गरेकाछन्। गीतमा एरेन्ज भने सुदिपसागरले गरेका छन्। गीतको मिक्सीङ एवं मास्टरिङ श्याम श्वेरसाइलीले गरेका छन्।
गीतको भिडियोमा मुख्य फिचरिङ दीपाश्री निरौला भएकी छिन् भने स्वयं अन्जु श्रेष्ठ र बिना भट्टराईलेनै कम्मर मर्काएका छन्। गीतको निर्देशक तथा छायाँकन ज्ञानेन्द्र शर्माले गरेका छन्।नृत्य निर्देशक सन्तोष राज वाहकको रहेको छ। गीतको सम्पादन विवेक उप्रेतीको रहेको छ। महिलाहरुको महानचार्ड तीजको सांस्कृतिक धर्मनिर्वाहर्नका लागि पनि आफुले यसरी गीत हरेक तीजमा लेराउने गरेको अन्जु श्रेष्ठले बताइन्।

Leave a Reply