दयाहाङ र सौगातपछि ‘हात्तीछाप’मा उपासना अनुबन्धित

चलचित्र ‘हात्तीछाप’को मुख्य नायिकामा उपासना सिंह ठकुरी अनुबन्धित भएकी छन् । निर्माता किरण नेपाली र अभिनेत्री ठकुरीबीच बुधबार लिखित सहमति भएको छ । दुई साता अगाडि अभिनेता द्वय दयाहाङ राई र सौगात मल्ल अनुबन्धित भएका थिए ।

यस वर्ष ‘कबड्डी ४’ र ‘दुई नम्बरी’ गरी दुई सफल फिल्म दिएका सुपरस्टार द्वय दयाहाङ राई र सौगात मल्लले फिल्म ‘हात्तीछाप’मा पुनः एकसाथ काम गर्ने भएका छन् । चलचित्र ‘पोई पर्‍यो काले’ र ‘२ नम्बरी’ फेम्ड निर्माता किरण नेपालीले निर्माण गर्ने यो चलचित्रलाई सिमोस सुनुवारले निर्देशन गर्ने छन् ।

फिल्मको छायांकन चैतदेखि पाल्पा र काठमाडौंमा गर्ने तयारी छ । एक्सन थ्रिलर फिल्ममा पुष्कर गुरुङ, बुद्धि तामाङ र प्रकाश घिमिरे लगायत अनुबन्धित भइसकेका छन् । चलचित्रका लागि अन्य कलाकारको छनौट भने हुन बाँकी छ । गण्डकी प्रदेशका युवा तथा खेलकुदमन्त्री दीपक मनाङेले व्यवसायी अमलादेवी राईसँग मिलेर हात्तीछाप निर्माण गर्न लागेका हुन् ।

निर्माता किरण नेपालीले आफ्नो नयाँ फिल्म ‘हात्तीछाप’मा यस वर्षको हिट फिल्म ‘दुई नम्बरी’को कलाकारको सेट नै दोहोर्‍याउने भएका छन् ।

Leave a Reply