नेपालको पहिलो विमान अपहरणको कथामा चलचित्र ‘९एनएबीबी’ निर्माण हुने

वि.सं. २०३० जेठ २८ को नेपालको विमान अपहरण (बिराटनगर विमान अपहरण समेत भनिन्छ) नेपालको इतिहासको पहिलो विमान अपहरण थियो । सोहि विमान अपहरणका विषयमा आधारित रहेर थन्डर प्रोडक्सन कम्पनीले फिचर चलचित्र निर्माण गर्ने घोषणा गरेको छ । चलचित्रको नाम ‘९एनएबीबी’ राखिएको छ जुन अपहरण गरेको विमानको पहिचान नम्बर हो । निर्माण पक्षले पोस्टरमार्फत चलचित्रको फर्स्ट लुक पनि सार्वजनिक गरेको छ । यो चलचित्र आगामी २०८३ जेठ २८ गते रिलिज हुनेछ । यो मिति विमान अपहरणको ठीक ५३ वर्ष पछिको हो ।

थन्डर स्टुडियोको ब्यानरमा निर्माण हुने चलचित्रलाई विजय कार्कीको निर्देशन रहनेछ । उनका अनुसार चलचित्रको कथा अन्तिम चरणमा पुगेको छ । उनका अनुसार ऐतिहासिक कथामा चलचित्र बनाउन लागिएकाले नेपाली चलचित्रमा नाम चलेका कलाकारलाई लिइनेछ । ‘फिल्मले केही लुकेका कथालाई पनि बाहिर ल्याउनेछ । त्यो बेला खास के भएको थियो भन्ने कुरा पनि थाहा हुनेछ । यो घटनासँग जोडिएका र सरोकारवाला व्यक्तिहरुसँग हामी नियमित सम्पर्कमा रहेर कथा तयार पार्दैछौं’, निर्देशक विजयले भने, ‘यो फिल्मले विमान अपहरणको योजना कसरी बन्यो र त्यसपछि के भयो भन्ने कुरा देखाउनेछ ।

यो विमान अपहरण पञ्चायती व्यवस्था विरुद्ध सशस्त्र क्रान्तिलाई आर्थिक सहयोग गर्न गरिएको थियो । जसको नेतृत्व बीपी कोइरालाले गरेका थिए । विमान अपहरणको योजना नेपाल राष्ट्र बैङ्कको बिराटनगरबाट काठमाडौँमा ल्याएको पैसा लुट्नु थियो ।

Leave a Reply