‘चपली हाइट ३’ मा सुपुष्पाको बोल्ड अवतार

‘फाटेको जुत्ता’ फेम्ड निर्देशक निकेश खड्का निर्देशित चलचित्र ‘चपली हाइट ३’को प्रदर्शन मिति चैत्र २८लाई तोकिएको छ । चलचित्रको छायांकन प्रारम्भ भएदेखि नै यसले चर्चा पाइरहेको छ । यसअघिका दुई सिरिजका कारण पनि यसको तेश्रो सिरिजको चर्चा बढेको हो ।
यसैविच, चलचित्रकी मुख्य नायिका सुपुष्पा भट्टका केही बोल्ड तस्वीरहरु निर्माण टिमले सार्वजनिक गरेको छ । जहाँ, सुपुष्पा विकिनी अवतारमा देखिन्छिन् । स्विमिङ पूलमा विकिनी अवतारमा देखिएकी सुपुष्पाले यो दृश्य जाडो मौसम दिएकी हुन् ।

पहिलो पटक बोल्ड अवतारमा देखिएकी सुपुष्पाको यो अवतारले पनि दर्शकमा उनको भूमिकालाई लिएर कौतुहलता जाग्न सक्छ । यसअघिका सिरिजमा नायिका विनिता बराल र परमिता आर एल राणा बोल्ड अवतारमा प्रस्तुत भएका थिए । यसपटक, सुपुष्पालाई निर्माणपक्षले बोल्ड अवतारमा उतारेको छ । चलचित्र ‘रणवीर’ गाउँकी सोझी यूवतीको भूमिकामा देखिएकी सुपुष्पा ‘चपली हाइट ३’मा आइपुग्दा बोल्ड बनेकी छिन् ।

यो चलचित्रमा सुपुष्पासँगै स्वस्तिमा खड्का, अर्पण थापा, महेश त्रिपाठी, प्रतिकमान श्रेष्ठ, दीपाश्री निरौला, लक्ष्मी बर्देवा, जीवन भट्टराई, लोकेन्द्र लेखक, विशाल पहारीलगायतका कलाकारहरुको अभिनय छ । आकाश बरालको पटकथा तथा संवाद रहेको चलचित्रमा सुभाष भुषाल र अर्जुन कुमारको संगीत छ । अष्ट महर्जनले चलचित्रको एक्सन दृश्यको कोरियोग्राफी गरेका हुन् । सस्पेन्स थ्रीलर कथामा निर्माण गरिएको चलचित्र ‘चपली हाइट ३’लाई काठमाण्डौ र यसको आसपासको क्षेत्रमा खिचिएको छ ।

नाम नै ब्रान्ड बनिसकेको यस चलचित्रमा स्वस्तिमा-महेश र सुपुष्पा-प्रतिकको जोडी बाँधिएको छ । ‘चपली हाइट ३’ लाई अर्जुन कुमार फिल्मस् र केडिसी हस्पिटलले मिलेर निर्माण गरेका हुन् ।

Leave a Reply