‘जिरो प्वाइन्ट’ ब्याण्डको ‘भूत’ सार्वजनिक(भिडियो)

‘जिरो प्वाइन्ट’ ब्याण्डले नयाँ गीत सार्वजनिक गरेको छ । प्रकाश नगरकोटीको स्वर रहेको ‘भूत’ बोलको गीत सामाजिक सचेतनामा आधारित रहेको छ । गीतलाई जिरो प्वाइन्ट ब्याण्डले तयार पारेको हो भने शब्द तथा संगीत ब्याण्डकै लिड गितारिष्ट रिकी निर्मल शाहको रहेको छ । त्यस्तै अडियो एरेन्ज, मिक्सिङ र रेकर्डिङ डी स्टुडियोको रहेको छ।

भिडियोमा प्रकृतिलाई ‘भूत’को संज्ञा दिइएको छ र साथै प्रकृतिलाई बचाउन संदेश पनि दिएको छ । भिडियोलाई प्रकाश नगरकोटीले निर्देशन गरेका हुन् भने सम्पादन र छांयाकन रंजित बेसाराले गरेका हुन । भिडियोलाई जिरो प्वाइन्ट नेपालको अफिसियल यूट्युब च्यानलबाट मार्फत सार्वजनिक गरिएको छ ।
भिडियो :

Leave a Reply