दयाहाङ र सौगातको ‘२ नम्बरी’को फर्स्टलुक पोस्टर सार्वजनिक

निर्देशक दिपेन्द्र लामाको लेखन तथा निर्देशनमा निर्माण भएको चलचित्र ‘२ नम्बरी’ को फर्स्टलुक पोस्टर सार्वजनिक भएको छ । चलचित्रको दुई पोस्टरमध्ये एउटा पोस्टरमा अभिनेता द्वय दयाहाङ राई र सौगात मल्ल फरक गेटअपमा देखिएका छन् भने दोस्रो पोस्टरमा उनीहरुसँगै उपासना सिंह ठकुरी, उगेन छोदेन र बुद्दि तामाङ प्रस्तुत छन् ।

चलचित्रको सम्पूर्ण छायांकन २६ दिनमा सकिएको थियो । कास्कीको ल्वाङ गाउँदेखि छायांकन सुरु भएको चलचित्रको सम्पूर्ण छायांकन त्यही भएको हो । चलचित्रको प्रदर्शन मिति आगामी कात्तिक ४ गतेलाई घोषणा गरिएको छ ।

एउटा सुन्दर गाउँका २ जना साथी, उनीहरुको मित्रता र दुश्मनीको कथामा बन्ने चलचित्र ‘२ नम्बरी’ले समाजमा हुने गरेका २ नम्बरी कामलाई पनि उठान गर्नेछ । रेड बर्ड प्रोडक्शन र आरआर फिल्म प्रोडक्शनको ब्यानरमा निर्माण भएको चलचित्रमा कार्यकारी निर्माताको रुपमा किरण नेपाली छन् । चलचित्रमा गण्डकी प्रदेशका युवा तथा खेलकुदमन्त्री राजीव गुरुङ (दीपक मनाङे) र अमलादेवी राईको लगानी छ । भने, कार्यकारी निर्माता सरोज नेपाली हुन् । चलचित्रमा सुशन प्रजापतिको छायांकन, रामजी लामिछानेको कोरियोग्राफी रहेको छ ।

Leave a Reply