अभिनेता श्रेष्ठ र अभिनेत्री निरौलालाई सरजत सम्मान, गिरीलाई पत्रकारिता पुरस्कार

अभिनेता अर्जुन श्रेष्ठ र हाँस्य अभिनेत्री तथा चर्चित निर्देशक दिपाश्री निरौलालाई छायाँछबी रजत सम्मान अर्पण गरिने भएको छ । छायाँछवि क्रियसनको आयोजनामा हुने डि सिने अवार्ड २०७६/०७७मा श्रेष्ठ र निरौलालाई उक्त सम्मान अर्पण गर्न लागिएको अवार्डका अध्यक्ष शान्तिप्रियले जानकारी दिएका छन् । अवार्ड समारोह असार १८ गते रसियन कल्चर सेन्टरमा आयोजना हुँदैछ ।

सन् १९९१ को चलचित्र सम्पत्तिबाट नेपाली चलचित्रमा अभिनययात्रा शुरु गरेका श्रेष्ठले तीस भन्दा बढी चलचित्रमा अभिनय गरिसकेका छन् । यस्तै विभिन्न रेडियो तथा टेलिभिजन कार्यक्रमहरुमा काम गरेपछि सन् १९९८ मा प्रदर्शन भएको चलचित्र गाउँले (प्रदर्शनका हिसाबले सन् १९९७ को चलचित्र नासो)बाटयस क्षेत्रमा प्रवेश गरेकी निरौलाले दुई दर्जन भन्दा बढी चलचित्रमा अभिनय गर्नुका साथै चलचित्र छक्का पञ्जाका बहुचर्चित ३ बटा सिरिजलाई निर्देशन समेत गरिसकेकी छिन ।
यस्तै छायाँछबी चलचित्र पत्रकारिता पुरस्कारबाट चलचित्र पत्रकार कुबेर गिरीलाई पुरस्कृत गरिने भएको छ । बि.सं. २०५८ सालमा प्रभातकालिन दैनिकबाट पत्रकारिता शुरु गरेका गिरी निरन्तर रुपमा चलचित्र पत्रकारितामा सक्रिय छन् । चलचित्र पत्रकार संघ, नेपालको उपाध्यक्ष समेत रहेका गिरी रातोपाटी डटकममा आवद्ध छन् ।

यस्तै यसवर्ष कलाका बिभिन्न माध्यमबाट नेपाली चलचित्र, गीतसंगीत, कला तथा साहित्यका क्षेत्रमा योगदान पुर्‍याएका कलासाधकहरुलाई पनि छायाँछबी सम्मान अर्पण गरिने भएको छ । यसवर्ष अभिनेता तथा मोडल दीनेश के.सी., चलचित्र निर्देशक चेतनाथ दंगाल, चलचित्र निर्देशक समुन्द्र भट्ट, अभिनेत्री सानिया खान, प्राबिधिक प्रकाश मिश्र, मोडल रुपा राना, निर्माता तथा निर्देशक सन्तोष सुबेदी, गायिका मञ्जु थापा र गीतकार किरण केसी क्रोधीलाई छायाँछबी सम्मान अर्पण गरिने छ ।
बरिष्ठ कलाकार, लेखक तथा निर्देशक मोहन निरौला, निर्देशक राजेन्द्र उप्रेति, अभिनेत्री तथा लेखिका सोभिता सिम्खडा र संगीतकार सन्तोष श्रेष्ठ निणर्ायक रहेको अवार्डको चलचित्र छनौट समिति निणर्ायकका रुपमा निर्देशक तथा सम्पादक सुरेन्द्र पौडेल, मोडल मञ्जिता केसी, गायक तथा संगीतकार ओम सुनार, सम्पादक तथा कलरिष्ट जीवन थापा, मोडल सुदिप श्रेष्ठ र गायक तथा संगीतकार राज सागर रहेका छन् ।
समारोहमा २०७७ र ०७८ सालमा सार्वजनिक प्रदर्शनमा आएका चलचित्रबाट बिभिन्न बिद्यामा अवार्ड प्रदान गरिने छ ।

Leave a Reply