‘एनिमल’मा रणबीर र रश्मिकाको जोडी

अभिनेता रणबीर कपूरको ‘एनिमल’ बहुप्रतिक्षित चलचित्र मध्ये एक हो । ‘अर्जुन रेड्डी’ र ‘कबीर सिंह’ फेम्ड सन्दीप रेड्डी वांगाले निर्देशन गरेको यस चलचित्रमा साउथ अभिनेत्री रश्मिका मन्दाना भित्रिएकी छन् । यसअघि परिणिती चोपडाले अभिनय गर्ने भनिएको चलचित्रमा उनी बाहिरिएपछि रश्मिकाको ‘इन्ट्री’ भएको हो । चलचित्रमा रश्मिकाको जोडी रणवीरसँग बाँधिनेछ ।

नायिका रश्मिका अब बलिउडमा पनि धमाधम काम गर्दै छिन् । उनी सिद्धार्थ मल्होत्रासँग ‘सिमसन मजनू’बाट दर्शकमाझ आउँदैछिन् भने अमिताभ बच्चनका साथ ‘गुडबाई’मा देखिनेछिन् ।

Leave a Reply