नम्रता र गौरवको ‘नम्बरी सुन’ भदौ १ मा प्रदर्शन हुने

राजु गिरीको निर्देशन तथा निर्माणमा बन्न लागेको चलचित्र ‘नम्बरी सुन’को प्रदर्शन मिति तय भएको छ । अभिनेता गौरव पहारी र अभिनेत्री नम्रता सापकोटाको मुख्य भूमिका रहेको चलचित्र आगामी भदौ १ गते प्रदर्शन हुने छ ।

सात दशकअघिको ऐतिहासिक सामाजिक कथामा बन्न लागेको चलचित्रमा गौरव र नम्रतासँगै राजाराम पौडेल, सरोज खनाल, बुद्धि तामाङ, सविन बास्तोला, गीता अधिकारी, स्मृति वलीको पनि अभिनय रहेको छ ।

काठमाडौँ, लम्जुङ्गको भुजुङ्ग गाउँ लगायत देशको विभिन्न स्थानमा छायांकन भएको चलचित्रमा प्रस्तुतकर्ता नारायण खातीकै कथा रहेको छ । सुवर्ण शिभान्स प्रोडक्सनकोे ब्यानरमा निर्माण हुने फिल्ममा शिवम् अधिकारीको पटकथा तथा संवाद छ । नम्बरी सुनमा अर्जुन पोखरेल र सन्तोष श्रेष्ठको संगीत, रामजी लामीछाने नृत्य निर्देशक,दिव्य सुवेदीको छायांकन, देव महर्जनको द्वन्द्व रहेको छ ।

Leave a Reply