शाहरुख खानको जन्मदिनको अवसरमा ‘पठान’को टिजर रिलिज

बलिउड सुपरस्टार शाहरुख खान आज (बुधबार) ५७ औं जन्मदिन मनाउँदैछन् । जन्मदिनको अवसर पारेर बुधबार यशराज फिल्म्सले शाहरुख अभिनित चलचित्र ‘पठान’को टिजर सार्वजनिक गरेको छ ।

फिल्म ‘पठान’ मा शाहरुखका अलावा दीपिका पादुकोण र जोन अब्राहम प्रमुख भूमिकामा छन् । सिद्धार्थ आनन्द निर्देशित फिल्म सन् २०२३ जनवरी २५ मा हिन्दीसँगै तमिल र तेलुगू भाषामा रिलिज हुँदैछ ।

Leave a Reply