सरोजकी ‘दिलकी रानी’ बनिन् आश्मा(भिडियो)

कार्टुन क्रिउका सरोज अधिकारी र आश्मा विश्वोकर्माको अभिनय रहेको नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ । “दिलकी रानी“ बोलको गीतमा दुई चर्चित गायक प्रबिशा अधिकारी र बादल थापाको स्वर सुन्न सकिन्छ । गीतमा शब्द सुरेश राना र म्युजिक गायक थापाकै रहेको छ गीत रिलिज अघिनै टिकटकमा लोकप्रिय भैसकेको छ।

निभान इन्टरटेनमेन्टले बजारमा ल्याएको गीतलाई रामजि लामीछानेले निर्देशन ,कोरियोग्रफि गरेका हुन् । म्युजिक भिडियोमा सौरभ लामाको छायांकन, भुपेन्द्र अधिकारिको सम्पादन,रेनिश फगोको कलर ,श्रीकृष्ण श्रेष्ठको भिएफएक्स ,सुरेश कफ्लेको ड्रोन र अनिता ग्वचाको मेकअप देख्न सकिन्छ । गीतलाई निर्माण राजन लम्साल र रेखा वाग्लेले गरेका हुन् । प्रेम भावमा तयार भएको गीतको भिडियोमा सरोज र आस्माको रोमान्स निकै जमेको छ ।

गीत हेर्नुहोस् :-

Leave a Reply