कुटुम्बले नयाँ वर्षको दिन टुँडिखेलमा कन्सर्ट गर्ने

नेपाली संगीतप्रेमीहरुको माझ कुटुम्ब ब्याण्ड नाम मात्र हैन एउटा स्थापित ब्राण्ड हो । देश तथा विदेशमा समेत यो ब्याण्डलाई नरुचाउने कमै होलान् । समय र परिस्थिति अनुसारको गीत संगीत प्रस्तुत गरिरहने कुटुम्ब सबैको रुचीको ब्याण्ड हो । यहि ब्याण्डले नयाँ बर्ष २०८० को दिन अर्थात बैशाख १ गते काठाडौंको टुँडिखेलमा आफ्नो कोसेली पस्किने तयारी गरेको छ ।

कुटुम्बले नयाँ बर्षको स्वागत गर्दै नयाँ कोसेली सहित दर्जन बढि गीतहरु प्रस्तुत गर्ने छन् । नेपाली नयाँ बर्षलाई फरक ढंगबाट स्वागत गर्दै बैशाख १ गते ५० हजार भन्दा बढीको उपस्थितमा काठमाडौंको टुँडिखेलमा एकसाथ कुटुम्बको संगीत महोत्सब र अन्य धेरै उत्सब रहने छ । योगा, ध्यान र उत्सब गरी ओशो तपोबनको सहकार्यमा ओम नेपाल मिडियाले ओशो महोत्सब काठमाडौंको टुँडिखेलमा आयोजना गर्न लागेको छ ।
सोही कार्यक्रममा कुटुम्बले आफ्नो नयाँ कोसेली सार्वजनिक गर्ने कार्यक्रम समेत समावेश गरेको हो । बिहान ९ बजेदेखि राति ९ बजेसम्म हुने १२ घण्टाको महोत्सबमा सबै वर्ग, उमेर, समुदाय, जातजाति, धर्म र सन्स्क्रितीका व्यक्तिहरुलाई सुहाउने विविध प्रकारका कार्यक्रमहरु रहने महोत्सब संयोजक भवन भट्ट स्वामीले बताए ।
एक दिने ओशो महोत्सब ध्यान, मेडिटेशन, योगा, गायन, नृत्य, लाईभ म्युजिक, लाफिंङ्ग मेडिटेशन, प्रत्यक्ष दोहोरी, पुस्तक प्रदर्शन, फुड फेस्टिभल, गजल वाचन र प्रहशनलगायतको संगालो समारोह हुनेछ ।’ –ओशो तपोबनका प्रवक्ता निराजन भण्डारी स्वामीले भने ।
महोत्सब निशुल्क अवलोकन गर्न पाइने आयोजकले जनाएको छ । साँझ ५० हजार व्यक्तिले एकसाथ ध्यान र उत्सब गर्ने ओशो तपोबनका कार्यक्रम संयोजक शोबिता सिंखडा माले बताईन् । ओशो महोत्सबको महोत्सब पार्टनरको रुपमा ग्लोबल टुरीजम प्रमोशन काउन्सिल रहेको छ । महोत्सबलाई चलचित्र पत्रकार संघ नेपालले मिडिया संयोजन गर्ने छ ।

Leave a Reply