दयाहाङ र प्रकृतिको ‘बिहे पास’को ट्रेलर सार्वजनिक

२०८० सालको वैशाख १ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्रको अफिसियल ट्रेलर सार्वजनिक गरिएको छ । गत शुक्रबार सार्वजनिक गरिएको चलचित्रको ट्रेलरले विवाह गर्न सरकारी जागिर खानैपर्ने प्रवृत्तिलाई कटाक्ष गर्छ ।

ट्रेलर चलचित्रका मुख्य पात्र दयाहाङ र प्रकृतिको वरीपरी घुम्छ । तीन मिनेट लामो ट्रेलरले नेपाली समाजमा व्याप्त विवाह परम्पराको एक पाटोलाई चित्रण गरेको छ । सिनेमामा दयाहाङ र प्रकृतिले दम्पतीको भूमिका निर्वाह गरेका छन् ।

प्रबेश पौडेल निर्देशित फिल्ममा दयाहाङ र प्रकृतिका साथमा श्याम राई,बिशाल पहाडी,सुवास गजुरेल,हिउँवाला गौतम,रुषा न्यौपाने,नवीन शेरचन,उमा बानियाँ र प्रकाश भुजेलले अभिनय गरेका छन् । केही दिनअघि सार्वजनीक फिल्मको टिजरमा पत्नी प्रकृति सरकारी अधिकृत र पति दयाहाङलाई सरकारी जागिर पाउन प्रयत्नरत देखाइएको छ ।

पूर्वी नेपालका बिभिन्न रमणीय स्थलमा खिचिएको फिल्मको प्रस्तुतकर्ता रोहित कटेल र कार्यकारी निर्माता रत्न श्रेष्ठ छन् । शिब ढकालले खिचेको फिल्मलाई मित्र गुरुङले सम्पादन गरेका हुन् । मर्रे केर,आकाश बराल र सजन काफ्लेको संयुक्त कथा रहेको फिल्मको पटकथा भने आकाश र सजनले लेखेका हुन् । रोजन श्रेष्ठ निर्माता,ग्याल्जेन लामा र बालकृष्ण पाख्रिन सहनिर्माता रहेको फिल्म दर्शकलाई नयाँ बर्ष २०८० को उपहार स्वरुप पस्कन लागीएको दावी निर्देशक प्रबेशको छ । ‘बिहे पास’ नामुद फिल्म बितरण कम्पनी आरआर फिल्म प्रोडक्शनले निर्माण गरेको दोश्रो फिल्म हो ।

Leave a Reply