बालेनलाई नमस्कार नफर्काएको भन्दै गालीगलौज आएपछि निश्चल लेख्छन्, ‘कसैको चरित्र हत्या गर्न कति सजिलो’

अहिले टिकटक लगायतका सामाजिक सञ्जालमा निर्देशक तथा अभिनेता निश्चल बस्नेत र काठमाडौं महानगरपालिकाका मेयर बालेन साहबारेको एक छोटो पुरानो भिडियो भाइरल छ । बालेनले गरेको नमस्कार निश्चलले नफर्काएर इग्नोर गरेको भन्दै भिडियोलाई सेयर गरिएको छ । निश्चलले यो भिडियोको यथार्थ बाहिर ल्याउँदै आफ्नो चरित्र हत्या गर्न खोजिएको भन्दै आक्रोश व्यक्त गरेका छन् ।

उक्त भिडियोलाई लिएर संजालहरुमा भएका टिकाटिप्पणीप्रति निर्देशक बस्नेतले खण्डन गरेका छन् ।

बालेनलाई मेयर बनाउन अभियान चलिरहेको बेला आयोजित फिल्म ‘चिसो एस्ट्रे’को भिडियोलाई अहिले भाइरल बनाएर आफूविरुद्ध गालीगलौज गरिएको भन्दै निश्चलले आपत्ति जनाएका छन् ।

निर्देशक बस्नेतले बुधवार फेसबुकमा इतिवृत्त उल्लेख गर्दै लेखेका छन्, ‘बालेनलाई मेयर बनाउन अभियन चलिरहेको बेलाको कथा हो यो । ‘चिसो एष्ट्रे’को प्रिमियरको समय । ७/८ महिना अगाडिको भिडियो हो, त्यही बेलाको इभेन्टको । बालेन र मेरो भेट अगाडि नै भएर सँगै थियौं, अरु चिनजान भएका साथी आउँदा उनले अरूलाई, मैले अरूलाई नमस्कार गरिरहेका थियौं । कथा सकियो ।’

Leave a Reply