नेपाल–अमेरिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सव आगामी असारमा हुने

नेपाल–अमेरिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सवको छैटौँ संस्करण २०२३ को २२ देखि २५ जुन (२०८० असार ७ देखि १०) सम्म आयोजना हुने भएको छ । अमेरिकाको मेरिल्यान्ड राज्यमा स्थापित नेपाल–अमेरिका फिल्म सोसाइटीले सन् २०१७ देखि प्रत्येक वर्ष यो महोत्सवको आयोजना गर्दै आएको छ ।

वासिङ्टन डिसी, महानगर क्षेत्रमा केन्द्रित रहेर आयोजना गरिने छैटौँ अन्तर्राष्ट्रिय चलचित्र महोत्सवका लागि विश्वभरिबाट आवेदन खुला गरिएको छ । चलचित्र महोत्सवमा फिचर फिल्म, वृत्तचित्र, छोटा चलचित्र, एनिमेसनका साथै सबै विधाका चलचित्रहरू प्रदर्शन गरिनेछन् । नेपाल बाहेक अमेरिका, दक्षिण एसिया सहित विभिन्न देशका स्वतन्त्र फिल्महरू महोत्सवको उच्च प्राथमिकतामा पर्नेछन् ।

Leave a Reply