विपिन र केकीको ‘प्रसाद २’को ट्रेलरमा जातीय विभेदको कथा

सुदर्शन थापाले निर्देशन गरेको चलचित्र ‘प्रसाद २’को ट्रेलर सार्वजनिक भएको छ । चलचित्रको ट्रेलरमा प्रेम, जातीय असमानता, सामाजिक रंग र विद्रोहको सार प्रस्तुत गरिएको छ ।

सुशील पौडेलको लेखनमा निर्माण भएको चलचित्रमा विपिन कार्की र केकी अधिकारी मुख्य भूमिकामा छन् भने अर्पण थापा, महेश त्रिपाठी, प्रकाश घिमिरे, कमलमणी नेपाल, विशाल पहाडी, निमा पाण्डे लगायतको पनि अभिनय छ । चलचित्रको छायांकन राजेश श्रेष्ठले गरेका हुन् भने सम्पादन मिलन श्रेष्ठले गर्नेछन् ।

चलचित्रको स्लोगन ‘माया भन्दा ठूलो नै के छ र !’ राखिएको छ । ट्रेलर सार्वजनिक गर्दै चलचित्रको आगामी चैत २४ गतेलाई नयाँ प्रदर्शन मिति पनि घोषणा गरिएको छ । यसअघि चलचित्र आगामी नयाँ वर्ष अर्थात् २०८० सालको बैशाख १ गतेलाई प्रदर्शन हुने घोषणा गरिएको थियो ।

एस.जी फिल्मस् र सुलभ थापा प्रोडक्शनको ब्यानरमा निर्माण भएको चलचित्रमा सुदर्शन बस्नेतको लगानी छ । चलचित्रका कार्यकारी निर्माता सुवास थापा हुन् । चलचित्रमा राजनराज सिवाकोटीको संगीत रहेको छ । ‘प्रसाद २’, २०७५ सालमा डेढ वर्ष अगाडि प्रदर्शनमा आएको दर्शकले र समिक्षकले रुचाएको चलचित्र ‘प्रसाद’ को सिक्वेल हो । ‘प्रसाद’लाई दिनेश राउतले निर्देशन गरेका थिए ।

गर्दै फिल्म ‘प्रसाद २’को ट्रेलर सार्वजनिक गरिएको छ । पहिला आगामी बैशाख १ गतेलाई प्रदर्शन मिति घोषणा गरिएकोमा त्यस मितिमा ‘हेभीवेट’ भिडन्त हुने भएपछि निर्माण पक्षले फिल्मलाई एक हप्ता अगाडि सार्दै शुक्रबार ट्रेलर सार्वजनिक गरेको हो । जसमा जातीय विभेद अन्त्य गर्नका लागि बाबुराम पात्रले गर्ने संघर्षलाई देखाइएको छ ।

Leave a Reply