‘नाइँ नभन्नु ल ६’ को शीर्ष गीतमा आँचल र आशीर्वादको रोमान्स र नृत्य

चलचित्र ‘नाईँ नभन्नू ल’को छैटौं सिरिज ‘नाइँ नभन्नु ल ६’को शीर्ष गीत सार्वजनिक भएको छ । ‘तिम्रो आँखामा आँखा जुधाइ भन्न मन छ एउटा कुरा’ बोलको गीतमा कलाकारहरु आँचल शर्मा र डेब्यू अभिनेता आशीर्वाद क्षेत्री फिचर्ड छन् ।

प्रताप दासको स्वर रहेको रोमान्टिक गीतमा वसन्त सापकोटाले संगीत भरेका हुन् । विकास आचार्य निर्देशित यो चलचित्र वैशाख १ गते प्रदर्शन हुँदैछ ।
‘नाईं नभन्नू ल ६’मा आँचल र आर्शिवादसँगै प्रियंका कार्की, केकी अधिकारी, सरोज खनाल, योगिशा खत्री, अर्थव उप्रेती, एभलिना खड्कालगायतको अभिनय छ । अथर्व अभिनेता निखिल उप्रेती र अभिनेत्री सञ्चिता लुईंटेलका छोरा हुन् । चलचित्रमा उनी नव-अभिनेता आर्शिवाद क्षेत्रीको बाल्यकालको भूमिकामा देखिनेछन् । एभलिना भने टिकटकमा निकै हिट छिन् । आख्यान फिल्म्सको ब्यानरमा सिविन दाहाल र सञ्जय न्यौपाने निर्माता रहेको चलचित्रमा आशीर्वाद र आँचलको जोडी बाँधिएको छ ।

त्यस्तै,‘नाईँ नभन्नू ल’को दोस्रो श्रृंखलादेखि आवद्ध कलाकार अनुभव रेग्मी छैटौं सिरिजमा केमियो भूमिका मात्र रहनेछ । विकासराज आचार्य र सामिप्यराज तिमल्सिनाको कथा रहेको यस चलचित्रमा पुरुषोत्तम प्रधानको छायांकन छ ।

Leave a Reply