सुरक्षा पन्तले प्रेमी मानव सुवेदीसँग फागुन २५ गते विवाह गर्दै

अभिनेत्री सुरक्षा पन्त विवाह बन्धनमा बाँधिने भएकी छन् । उनले यही फागुन २५ गते प्रेमी मानव सुवेदीसँग लगनगाँठो कस्न लागेकी हुन् । यी दुईले केही वर्षदेखिको प्रेम सम्बन्धलाई विवाहमा परिणत गर्न लागेका हुन् । मानव गायक, निर्देशक तथा अभिनेता हुन् । चितवनमा हुन लागेको विवाहमा दुई पक्षका परिवारका सदस्यहरुको मात्र उपस्थिति रहेको जानकारी प्राप्त छ । उनीहरुले केही म्यूजिक भिडियोमा सहकार्य गरिसकेका छन् ।

Leave a Reply