सौगात र सृष्टिको ‘द सेक्रेट अफ राधा’ भदौ २४ मा प्रदर्शन हुने

अभिनेता सौगात मल्ल र अभिनेत्री सृष्टि श्रेष्ठको मुख्य भूमिका रहेको चलचित्र ‘द सेक्रेट अफ राधा’को प्रदर्शन मिति गरिएको छ । यो चलचित्र आगामी वर्ष २०७९ भदौ २४ गतेबाट देशभर प्रदर्शन हुने छ ।

सुवर्ण थापाको निर्देशन रहेको चलचित्रमा सौगात मल्लको समेत लगानी रहेको छ । ‘सुनगाभा’, ‘फन्को’ र ‘बाटोमुनिको फूल २’ निर्देशन गरेका सुवर्ण थापाको यो चौथो चलचित्र हो । चलचित्रमा सौगात र सृष्टिसँगै खगेन्द्र लामिछाने, राजन खतिवडा, मेनुका प्रधान, बुद्धि तामाङ आदि कलाकारको अभिनय रहेको छ । चलचित्रमा दयाहाङ राई अतिथि भूमिकामा देखिनेछन् ।

काठमाडौं र चित्लाङका विभिन्न रमणीय स्थानमा छायांकन गरिएको चलचित्रको छायांकन २५ दिनमा सकिएको थियो । चलचित्रका छायांकार नरेन्द्र मैनाली हुन् ।

Leave a Reply