‘प्रेमगीत ३’ को हिन्दी ट्रेलर : राजयुग र प्रेमयुगबीचको लडाइँ

दशैँको अवसरमा घटस्थापनाको तीन दिन अगाडि अर्थात् आगामी असोज ७ गते प्रदर्शन हुने यस वर्षको बहुप्रतिक्षीत चलचित्र मध्ये एक ‘प्रेम गीत ३’ को हिन्दी भाषामा डब भएको ट्रेलर सार्वजनिक भएको छ । बिहीवार सार्वजनिक गरिएको १ मिनेट ५८ सेकेन्डको हिन्दी भर्सनको ट्रेलर निकै आकर्षक बनेको छ । चलचित्रको ट्रेलर राजयुग र प्रेम-गीत पात्रको वरिपरी घुमेको छ । हिन्दी र नेपाली भाषामा निर्माण भएको चलचित्रलाई स्वर्गीय छेतन गुरुङ र सन्तोष सेनले संयुक्त रुपमा निर्देशन गरेका हुन् ।

चलचित्रमा प्रदीप खड्का तेस्रो पटक ‘प्रेम’को रुपमा देखिँदैछन् भने नव-अभिनेत्री क्रिस्टिना गुरुङ ‘गीत’ र सन्तोष आफैँ ‘अंगत’को भूमिकामा पर्दामा देखिनेछन् । प्रदीप र क्रिस्टिनाका साथमा शिव श्रेष्ठ, सुनिल थापा, सन्तोष सेन, माओत्से गुरुङ, मनिष राउत, पुस्कर कार्की, प्रेम पुरी, लक्ष्मी वर्देवा, अनुभव रेग्मी, योगिशा खत्री, सम्वृद्धि शाही ठकुरी, क्रिजन गौतम, जीवन बराल, जीवन भट्टराई, सुजल बस्नेतलगायतका कलाकारको पनि अभिनय हेर्न सकिनेछ ।

सन्तोष सेनको लगानीमा बनेको चलचित्रमा चत्र बहादुर चन्द र डम्बर बिक्रम सेन कार्यकारी निर्माताको रुपमा रहेका छन् । कल्याण सिंह र एलिश कार्कीको संगीत रहेको चलचित्रमा राजेश श्रेष्ठको डिओपी, हिमाल केसीको एक्सन, कविराज गहतराजको कोरियोग्राफी र बनिश शाह/भुपेन्द्र अधिकारीको सम्पादन रहेको छ । यसअघि निर्माण टिमले चलचित्रको नेपाली र हिन्दी भर्सनमा दुईवटा टिजर सार्वजनिक गरेको थियो । जसलाई दर्शकहरुले निकै मन पराएका छन्।
हिन्दी ट्रेलर :-

Leave a Reply