दोस्रो विवाह गर्न लागेकी श्वेताको प्रश्न-‘के यो पुरुष प्रधान समाजले मेरो यो निर्णयलाई स्विकार गर्ला र?’

नायिका श्वेता खड्का वैवाहिक जीवनमा बाँधिँदै छिन् । श्रीमान नायक श्रीकृष्ण श्रेष्ठको निधन भएको ६ वर्षपछि नायिका खड्काले भोली दोस्रो विवाह गर्न लागेकी हुन्। नायिका खड्काले धनगढीका विजयेन्द्र सिंह रावतसँग विवाह गर्न लागेकी हुन् । स्वेताको बिहे गोकर्ण फरेष्ट रिसोर्टमा हुनेछ । यस्तै आइतबार श्वेताले सामाजिक सञ्जालमार्फत एक मनछुने स्टाटस लेखेकी छिन् । काेराेनाका कारण विवाहमा सबै शुभचिन्तकहरुलाई बाेलाउन नसकिएकाे उनले बताएकी छिन् ।

उनले लेखेकी छन्, ‘आज मैले मेरो एकल जीवनमा एउटा सहयात्री पाएकी छु । विगतको पीडालाई भुलाउने एउटा बहाना पाएकी छु । मेरो अतितलाई सहर्ष स्विकार गरी मसँगै सुःख र दुःख बाँड्न तयार एउटा साथी पाएकी छु । म जीवनको दुःखद अध्यायलाई बन्द गरेर खुशीको अध्याय सुरु गर्ने निर्णयमा पुगेको छु । त्यसो भन्दैमा मैले मेरो अतितलाई चटक्कै भुल्छु भनेको भने पक्कै होइन । अतितका मिठा पलहरुलाई मनको कुनामा पोको पारी भविष्यलाई सजाउने नविन यात्राको थालनी गर्ने यो निर्णय लिनु म एक्लैको लागि सहज र सम्भव छँदै थिएन ।’

जीवनको नयाँ अध्याय सुरु गर्न लाग्दा पनि आफ्नो मनमा एउटा प्रश्न उब्जिएको उनले बताएकी छन् । उनले लेखेकी छन्, ‘मेरा परिवारका सदस्यहरुको निरन्तर प्रयास अनि साथीसंगतिहरु, अग्रज र दिग्गज व्यक्तित्वहरु लगायत मेरा शुभचिन्तकहरुले प्रदान गर्नुभएको हौसला, शाहस र प्रोत्साहनले आज म यो निर्णय लिनमा सफल भएकी छु । यति हुँदाहुँदै पनि मनमा एउटा प्रश्न भने अवश्य छ, ‘के यो पुरुष प्रधान समाजले मेरो यो निर्णयलाई स्विकार गर्ला र ?’

Leave a Reply