सुरक्षा पन्तको ‘बहाव’को फस्टलुक सार्वजनिक, चैत २४ मा प्रदर्शन हुने

अभिनेत्री सुरक्षा पन्तको प्रमुख भूमिका रहेको चलचित्र ‘बहाव’को फस्टलुक पोस्टर सार्वजनिक भएको छ । चलचित्रको पोस्टरमा सुँगासहितको पिंजडालाई हातमा लिएकी सुरक्षा चित्रित छिन् ।

प्रमोद कँडेलको लेखन तथा निर्देशन रहेको चलचित्रका निर्माता श्रीधर पौडेल हुन् । निर्मातता पौडेलले आफ्नो स्वतन्त्रता आफैंमा कैद गर्नेहरुका लागि मार्गप्रशस्त गर्ने कथा ‘बहाव’मा रहेको बताए । सिनेमामा सुरक्षाका अलवा कमलमणी नेपाल, अफरान अली, सूर्य शर्मा भट्ट, ईश्वरी सिंह, हीरालाल कँडेल, पवन श्रेष्ठलगायतको अभिनय छ ।

Leave a Reply