अनुपम र बोमनसँग ‘उचाई’मा देखिँदै परमिता

अभिनेत्री परमिता राणा पहिलो पटक बलिउड चलचित्रमा देखिँदैछिन् ।

विगत दुई सातादेखि नेपालमा छायांकन भइरहेको बलिउड चलचित्र ‘उचाइँ’ मा उनको विशेष भूमिका छ । यो चलचित्रमा उनी अडिसनबाट छानिएकी हुन् । चलचित्रमा अमिताभ बच्चन, अनुपम खेर, बोमन इरानी, परिणिती चोपडा, सारिका हसन लगायतका बलिउड कलाकारहरुको अभिनय रहेको छ । चलचित्रको केही सिनमा परमिताले अनुपम र बोमनसँँग स्क्रिन शेयर गरेकी छन् ।

गएको हप्तादेखि चलचित्रको मनाङमा छायांकन भइरहेको छ । परमिताले दिनुहँ चलचित्रको सुटिङ सेटबाट बलिउडका कलाकारसँग खिचेको तस्विरहरु सामाजिक सञ्जालमा पोस्ट गरिरहेकी छन् ।

केहि दिन अगाडि आफ्नो इन्स्टाग्राममा अनुपम र बोमनसंग खिचेको एक तस्विर साझेदार गर्दै उनले चलचित्रमा एकसाथ स्क्रिन शेयर गर्न पाएकोमा आभार व्यक्त गरेकी छन् । यो चलचित्रको करिब ४५ दिनसम्म नेपालमा छायांकन हुनेछ । चलचित्रमा नेपालका प्राविधिक टिम पनि संलग्न छ ।

सूरज बडजात्याको निर्देशन रहेको यस चलचित्रमा परमितासँँगै सरोज लामिछाने, डम्बर बोहरा, उरुशा जोशी, रमेश बज्राचार्य, तेन्जिङ ग्याचो शेर्पा, निरज मुक्तान, नारायण विश्वकर्मा, आयुश सुवेदी, स्नेहा अधिकारी, सरोज प्रजु, आरोन गुरुङ लगायतका नेपाली कलाकारहरुकोे पनि अभिनय रहेको छ ।

मित्रताको कथा भन्ने चलचित्रको नेपाल व्यवस्थापन थ्री ह्विलर्स कम्पनी हेरेको छ । ‘चपली हाइट २’ बाट अभिनेत्रीको रुपमा डेब्यू गरेकी उनले ‘चंगा चेट, रोज, दि कर्मा’ फिल्ममा अभिनय गरिसकेकी छन् । कोरोना महामारीभन्दा अगाडि परमिताले गोपीचन्द्रको साथमा एक तेलुगू चलचित्र साइन गरेकी थिइन् । चलचित्रको मुहूर्तमा समेत उनी पुगेकी थिइन् । तर, यो चलचित्रको अहिलेसम्म निर्माण हुन सकेको छैन ।

Leave a Reply