अभिनेत्री सृष्टि श्रेष्ठको मुख्य भूमिका रहेको चलचित्र राधा पुनः प्रदर्शन हुने भएको छ ।

अभिनेत्री सृष्टि श्रेष्ठको मुख्य भूमिका रहेको चलचित्र राधा पुनः प्रदर्शन हुने भएको छ । गत भदौ १० गते रिलिज भएको चलचित्रले हलमा शो बाँडफाँटमा अन्याय गरेको भन्दै बीचमै प्रदर्शन रोकेको थियो । निर्माण टिमले गत मंगलबार आकस्मिक पत्रकार सम्मेलन गर्दै चलचित्रको प्रदर्शन रोक्ने निर्णय गरेको थियो । सुवर्ण थापा निर्देशित ‘राधा’सँगै प्रदीप खड्का स्टारर ‘प्रकाश’ पनि प्रदर्शनमा आएको थियो। यो चलचित्र अहिले हलमा लागिरहेका छन् । चलचित्रलाई कम दिएको भन्दै ‘प्रकाश’ले विरोध जनाएपछि यो चलचित्रले भने राम्रै शो पाइरहेको छ ।

‘द सिक्रेट अफ राधा’लाई अभिनेता सौगात मल्लसँग मिलेर निर्देशक थापाले निर्माण गरेका हुन् । चलचित्रमा सृष्टिका अलावा सौगात मल्ल, खगेन्द्र लामिछाने, मेनुका प्रधान, पशुपति राई, दिव्य देव पन्त, राजन खतिवडा, लोकेन्द्र लेखक, दयाहाङ राई, निश्चल बस्नेत, बुद्धि तामाङ लगायतका कलाकारको अभिनय रहेको छ । ‘राधा’ आमाको सम्झनामा निर्माण गरेको निर्देशक थापाले बताएका छन् । चलचित्रमा रंगकर्मी सुनिल पोखरेल पनि अतिथि भुमिकामा देखिने छन् ।

आदियोगी भिजन, महारानी इन्टरटेन्मेन्ट युके, मन्डला अनलाइन र एएमआइ फिल्मस्को प्रस्तुती र मन प्रोडक्सनको एसोसिएनमा निर्माण र बिरजना इन्टरटेनमेन्ट तथा बिक्रमदास जोशी सह-निर्माता रहेको चलचित्रमा सुवर्ण थापाको कथा, नरेन्द्र मैनालीको छायांकन, निमेश श्रेष्ठको सम्पादन र कालीप्रसाद बाँस्कोटाको संगीत छ ।

Leave a Reply