‘ह्रस्वदीर्घ’मा ब्रह्‍मानन्दम्, रविन्द्र र अलीको यस्तो लुक्स

चलचित्र ‘ह्रस्वदीर्घ’को यतिबेला संसारकै सबैभन्दा ठूलो स्टूडियो मानिने भारतको हैदराबादस्थित रामोजी स्टुडियोमा छायांकन भइरहेको छ । नीता ढुंगाना निर्मात्री रहेको यो फिल्मलाई चन्द्र पन्तले निर्देशन गरिरहेका छन् । बुधबार तेस्रो दिनमा छायांकन भइरहेको चलचित्रको छायांकन सेटबाट नेपाली अभिनेता रविन्द्र झा भारतीय कलाकारहरु ब्रह्मानन्दम् र अलीको ‘क्यारेक्टर लुक्स’ बाहिरिएको छ।

ब्रह्मानन्दम् ढाकाटोपी, कुर्था र धोती लगाएर प्रस्तुत भएका छन् भने अलि राजस्थानी लुक्समा देखिएका छन् । रविन्द्र पण्डितको लुक्समा देखिएका छन् । पहिलो दिन नेपाली अभिनेता र अलीको दृश्यसँगै चलचित्रको छायांकन सुरु भएको थियो ।

युवापुस्ताको प्रेमकथामा बन्न लागेको चलचित्र नेपाली र हिन्दी भाषामा निर्माण हुन लागेको छ । चलचित्रको छायांकन नेपाल, भारतको बनारस र युरोपका विभिन्न देशमा हुने छ ।

Leave a Reply