‘लभ डायरीज’ को तेस्रो ‘अधुरो लाग्छ मेरो जीवन ’ गीत सार्वजनिक (भिडियो सहित)

लभस्टोरी-कमेडी जनरामा निर्माण भएको सौरभ चौधरी निर्देशित चलचित्र ‘लभ डायरीज’मा समावेश तेस्रो गीत सार्वजनिक भएको छ । आइतबार बुद्ध सुब्बा मुभिजको अफिसियल युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको ‘अधुरो लाग्छ मेरो जीवन ’ बोलको गीतमा प्रताप दास र प्रबिसा अधिकारीको स्वर रहेको छ ।

प्रबिन पौड्येलको संगीत रहेको गीतमा शब्द मनस विक्रम थापाको रहेको छ । गीतलाई बिशेस देव पाण्डेले एरेन्ज गरेका हुन् भने साजन शाहले मिक्सिङ गरेका हुन् ।  गीतको अडियो  निकै राम्रो रहेको छ । गीतको भिडियोमा चलचित्रका प्रमुख अभिनेता सुशील श्रेष्ठ, विश्वजित रिमाल र नव-अभिनेत्री रुबिना थापा फिचर्ड छन् । प्रेमभावमा  बनेको यस गीतका कोरियोग्राफर सौरभ चौधरी हुन् । सुशील श्रेष्ठ र विश्वजित रिमालको रुविना थापाप्रतिको प्रेमभाव गीतले बोल्छ । 

प्रेम दिवसको अवसरमा अर्थात् आउँदो फागुन २ गतेबाट देशव्यापी प्रदर्शनमा आउने चलचित्रमा सुशील, विश्वजित र रुबिनाको साथमा बिष्णु सापकोटा, अर्जुनजंग शाही, बिशाल पहारीलगायतका कलाकारहरुको पनि अभिनय छ ।

चलचित्रका निर्देशक सौरभ चौधरी चलचित्रमा युवा-युवतीबीचको माया-प्रेमलाई समावेश गरिएको बताउँछन् । चलचित्रमा साहिल खान/मिलन श्रेष्ठको सम्पादन र सञ्जय लामाको छायांकन रहेको छ । विनोद सापकोटाको मुख्य लगानी रहेको चलचित्रमा सरोज तुलाधर निर्माताको रुपमा छन् । चलचित्रको कथा र पटकथा मधु बास्तोलाले लेखेका हुन् भने, अर्जुन पोखरेलले संगीत भरेका छन् । चलचित्रको यसअघि सार्वजनिक भएका दुई ‘सुन्यौ कि सुनेनौ’ र ‘छम छम ’बोलको गीतलाई दर्शक तथा श्रोताले निकै रुचाएका छन् ।

Leave a Reply