दिनेश राउतको लभस्टोरी चलचित्रमा गायकबाट नायक बन्दै स्वप्‍न सुमन

चर्चित गायक स्वप्‍न सुमनले अब चलचित्रमा अभिनय गर्ने भएका छन् । दिनेश राउतले निर्देशन गर्ने आगामी अनटाइटल चलचित्रमा स्वप्‍न नायकको भूमिकामा देखिनेछन् । निर्देशक राउतले गायक स्वप्नलाई मुख्य भूमिकामा लिएर लभस्टोरी चलचित्र बनाउन लागेका हुन् ।

आगामी बैशाखबाट छायांकन सुरु हुने चलचित्रको सम्पूर्ण छायांकन काठमाडौंमा हुनेछ । प्रेमकथा र सामाजिक कथावस्तुमा आधारित हुने चलचित्रको पटकथा विकास सुवेदीले लेखिरहेका छन् । चलचित्रको लागि अडिसनबाट छनोट गरिएको सुमनले तीन महिनादेखि यो भूमिकामा लागि अभिनय सिकिरहेका छन् ।

अहिले स्वप्नले अभिनय सिकिरहेका छन् । ‘युट्युब सेन्सेसन’ स्वप्नले जुन गीत गाए पनि हिट हुने गरेका छन् । उनलाई ‘कफी सङ्ग’, ‘ए हेलो’, ‘कसरी भनुँ’, ‘म तिम्रो’ जस्ता गीतहरुले लोकप्रियताको उचाईं दिलाएका थिए । गायनमा उनको उदय भने कभर गीतहरु गाएर भएको थियो । उनै, स्वप्न समुनको अब अभिनेता बन्ने सपना साकार हुँदैछ ।

Leave a Reply