दयाहाङ राईको ‘फोर नाइट्स’ले जित्यो मानवअधिकार फिल्म फेस्टिभलमा सर्वोत्कृष्ट अवार्ड

दीपक रौनियार निर्देशित चलचित्र ‘फोर नाइट्स’ले १० औं मानवअधिकार अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा सर्वोत्कृष्ट नेपाली फिक्सन चलचित्रको अवार्ड जितेको छ । चलचित्रलाई उत्कृष्ट फिक्सन चलचित्र घोषित गर्दै १० औं नेपाल मानव अधिकार अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा सकिएको छ । चलचित्रले नेपाल पानारोमा तर्फ अवार्ड हात पारेको हो ।

त्यस्तै डकुमेन्ट्री विधातर्फ अनिल बुढामगर निर्देशित ‘आइरन डिगर’ उत्कृष्ट ठहरियो । यी दुई चलचित्रले अवार्ड सहित जनही ५० हजार नेपाली रुपैयाँ हात पारेका छन् । बगंलादेशी निर्देशक जुबोराज सामिमको चलचित्र ‘द इन्सटिन्क्ट’ अन्तर्राष्ट्रिय फिक्सन विधातर्फ उत्कृष्ट भयो । त्यस्तै अन्तर्राष्ट्रियनन–फिक्सन प्रतिस्पर्धातर्फ फिनल्यान्डका निर्देशक लिरिस हेर्माको डकुमेन्ट्री ‘सेपहर्डसअफ द अर्थ’ उत्कृष्ट ठहरियोे । यी दुई चलचित्रले अवार्डसहित नेपाली ५० हजार रुपैयाँ हात परेका छन् ।

त्यस्तै महोत्सवमा सम्राट खनाल निर्देशित चलचित्र ‘थ्रु द सिंगिंग भिलेजेज एण्ड डेथ्स् अन एक्सप्लेन्ड’, पिंकी श्री रानामगरको ‘हजुर’, रुसी फिल्ममेकर डेर्या डेनिजको हेजा (स्टे«न्थ), टर्किस् फिल्ममेकर सेरहतका रास्लान्टको ‘द क्रिमिनल्स’, जर्मनको फिल्म मेकर सेन्गिजअकेगनका ‘आयसा’ र अमेरिकी फिल्म मेकर किराडेन तथा काटोल्यन रोबेलोको संयुक्त निर्देशन बनेको ‘मिजुको’ ले विभिन्न विधामा स्पेसल मेन्सन अवार्ड पायो ।

महोत्सवको १० औं संस्करणमा २५ देशका ६४ चलचित्र प्रदर्शन गरिएको थियो । ‘जलवायु परिवर्तन र पर्यावरणन्याय’को नारा सहित पुस ३ सुरु भएको महोत्सव बुधबार सकिएको हो । महोत्सवका दौरान भारतीय वृत्तचित्र निर्देशक अनिर्वाण भट्टचार्यले ‘लुकेर बसेका कथाहरूलाई कसरी वृत्तचित्रमा प्रस्तुत गर्ने ?’ विषयक मास्टर क्लास दिएका थिए ।

Leave a Reply