पूजा र आकाशको ‘सम्झना बिर्सना’ जेठ ६ मा प्रदर्शन हुने

अभिनेता आकाश श्रेष्ठ र अभिनेत्री पूजा शर्माको मुख्य भूमिका रहेको चलचित्र ‘सम्झना बिर्सना’को नयाँ प्रदर्शन मिति तय घोषणा गरिएको छ । यसअघि २०७७ सालको जेठ २ गतेलाई प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र अब भने आउँदो जेठ ६ गतेबाट प्रदर्शनमा आउने भएको छ । शुक्रवार निर्माण टिमले पुञ्ज र आकाश फिचर्ड रोमान्टिक पोस्टर सार्वजनिक गर्दै प्रदर्शन मिति तोकेको हो ।

निमेष प्रधान निर्देशित चलचित्रको कथा तथा पटकथा निर्देशक प्रधान स्वयंले लेखेका हुन् । प्रेमकथामा आधारित भएर निर्माण भएको चलचित्रलाई आदित्य प्रधान र रेविका प्रधानले निर्माण गरेका हुन् ।
चलचित्रमा पूजा शर्मा र आकाश श्रेष्ठको जोडीका साथमा सुनील थापा,शिसिर राणा र छुल्ठिम गुरुङ प्रमुख भूमिकामा छन् । कोरोना महामारीका कारण प्रदर्शन हुन नपाएको चलचित्र अब भने दर्शक माझ आउने तयारीमा जुटेको हो ।

दार्जिलिङ,सिल्गुढी तथा सिक्कीमका रमणीय स्थानमा खिचिएको चलचित्रलाई आरआर फिल्मस्ले बितरण गर्दैछ । निर्देशक निमेषकै कथा,पटकथा रहेको चलचित्रको संवाद लेखनमा उनलाई अभिनेता शिसिर राणाले सघाएका छन् । शिब ढकालले खिचेको चलचित्रक गीतमा राजन इशान र सुदर्शन तामाङको संगीत अनि कमल राईको कोरियोग्राफी छ । आदित्य फिल्म्स्को प्रस्तुति रहेको चलचित्रको क्रिएटिभ हेड स्व.बिशारद बस्नेत हुन् ।

प्रेमी जोडीहरु बीच हुने बिबिध आरोह अबरोहलाई प्रस्तुत गरिएको बताइन् यो चलचित्र सुटिङका क्रममा पूजा र आकाश बीच प्रेम झांङ्गीएको चर्चा चलेको थियो । यद्यपी,उनीहरुबीच अहिले उनीहरुबीचको सम्बन्ध सुमधुर नरहेको बताइन्छ । ‘सम्झना-बिर्सना’ ले पूजा-आकाशलाई एकपटक फेरि संगै पर्दामा हेर्ने दर्शकको चाहना भने पूरा गर्ने भएको छ । कतिपयले ‘सम्झना-बिर्सना’ पूजा-आकाशको सम्बन्धसँग निकै निकट रहेको समेत अनुमान गरेका छन् ।

Leave a Reply