चौथो सातामा ‘महापुरूष’

गत कात्तिक ११ गतेबाट प्रदर्शनरत चलचित्र ‘महापुरूष’ चौथो सातामा प्रवेश गरेको छ । चौथो सातमा प्रवेश गर्दा समेत चलचित्रले मल्टिप्लेक्समा दर्शकको राम्रो साथ पाइरहेको छ । दिवा तथा रात्री शोहरूमा शतप्रतिशत अकुपेन्सी पाइरहेको चलचित्रको शोमा समेत कटौती भएको छैन । दर्शकको छाप यथावत रहेकै कारण मल्टिप्लेक्समा चलचित्रको शो घट्न पाएको छैन । चलचित्र हेर्ने आइपुगेका दर्शक सन्तुष्ट भएको प्रतिक्रिया पाउँदा कलाकार समेत रहेका कार्यकारी निर्माता रवीन्द्र सिंह बानियाँ दंग छ ।

चलचित्र हेर्न परिवारनै आउने गरेको हुँदा विदामा झनै शो बढ्ने लेखक तथा निर्देशक प्रदीप भट्टराईले बताए । ‘शुक्रबार र शनिवार पाएको शोमा दर्शकको चाप बढ्दो छ । परिवार नै दर्शक बनेर आउने हुँदा प्राय दिउसो र रात्रीशोहरू हाउसफुल भइरहेका छन् । फिल्म हेरेर निस्किदा दर्शकमा देखिएको सन्तुष्टीनै हाम्रो सफलता हो’, निर्देशक भट्टराईले भने । ‘फिल्म युरोपमा नोभेम्बर २० बाट प्रदर्शन हुँदैछ । अन्य देशमा समेत तयारी छ । चलचित्रले पाइरहेको प्रतिक्रियाले विदेशमा डिमाण्ड बढ्दो छ’, निर्माता दीपेश खत्रीले बताए । चलचित्रमा मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, गौरी मल्ल, राजाराम पौडेल, रवीन्द्र सिंह बानियाँ, शिरू विष्टसँगै नवप्रस्तुतिमा अरुण क्षेत्री र अञ्जना बराईली मुख्य भूमिकामा रहेका छन् ।

चलचित्रमा एक्लोपनको कथा देखाइएको छ । आदर्शनगरमा बसोबस गर्ने अवकासप्राप्त शिक्षक मार्फत पिता र एलकपुरुषसँगै एक्लोपनकथा चलचित्रमा देखाइएको छ । भविष्य निर्माण गर्न अलग भइसकेको छोरा, सपना बोकेर अष्ट्रेलिया जान लागेको छोरा र एक्लोपनमा रहेका शिक्षकमार्फत समाजको गम्भीर विषयलाई सरल रुपमा प्रस्तुत गरिएको छ । षट्कोण आर्ट्स प्रा.लि.को व्यानारमा निर्मित चलचित्रमा कार्यकारी निर्माता रबिन्द्र सिंह बानियाँ हुन् भने निर्माता दिपेश खत्री रहेका छन् ।

षट्कोण आर्ट्सले यसअघि टलकजङ भर्सेस टुल्के, जात्रा र जात्रै जात्रा चलचित्र निर्माण गरेको छ । चलचित्रमा दीपक बज्राचार्यको छायांकन, मित्र डी. गुरुङको सम्पादन रहेको छ। यही चलचित्रबाट कवि नवराज पराजुलीले पनि गीतकारको रुपमा चलचित्रमा डेब्यु गरेका छन् । चलचित्रको पार्श्व ध्वनिमा रोहित शाक्य / शैलेश श्रेष्ठ, ध्वनि संयोजनमा अमित श्रेष्ठ, रंग संयोजनमा कपिल पराजुली, मिडिया कसल्टेन दिनेश सिटौला फिल्म्स, पब्लिसिटी डिजाइन ट्राइडेन्ट, सहायक निर्देशक शान्तिम कोइराला र प्रोडक्सन म्यानेजरमा रूपक प्रताप अधिकारी रहेका छन्।

Leave a Reply