निर्देशक सत्यराज चौलागाईंको चलचित्र ‘अनुराग’ युट्युबमा (भिडियो)

सञ्चार कर्मी ऋषि धमलाको निर्माणमा बनेको चलचित्र ‘अनुराग’ युट्युबमा रिलिज भएको छ । सत्यराज चौलागाईंले निर्देशन गरेको चलचित्र ‘अनुराग’ आइतबार युट्युबमा सार्वजनिक गरिएको हो ।

अनुराग निर्देशक सत्यराज चौलागाईं र एलिजाको डेब्यु चलचित्र हो । साङ्गीतिक प्रेमकथामा आधारित चलचित्रमा सञ्चार कर्मी ऋषि धमला पत्नी एलिजा गौतम र नायक समुन्द्र पण्डित मुख्य भूमिकामा छन् । ‘अनुराग’मा नायिका  एलिजा गौतमका साथमा नव नायक समुन्द्र पण्डित, ठिलेन लामा, राजाराम पौडेल, सरोज खनाल, रुपा राणा, विश्व बस्नेत , शिशिर राणा, मोहन निरौला लगायतका कलाकारहरूको मुख्य भूमिका रहेको छ । 

ऋषि धमला प्रस्तुतिकर्ता रहेको चलचित्रमा भरत गौतम र गीता भेटवालको लगानी रहेको छ । चलचित्र ओएसआर डिजिटलको युट्युब च्यानलमा हेर्न सकिन्छ । 

Leave a Reply