सुहाना थापा आज २४ औँ जन्मदिन मनाउँदै

अभिनेत्री सुहाना थापाले आज आफ्नो २४ औँ जन्मदिन मनाउँदै छिन् । आफ्नै होम प्रोडक्शनको चलचित्र ‘ए मेरो हजुर ३’बाट नेपाली चलचित्र क्षेत्रमा डेब्यु गरेकी सुहाना निर्माता सुनिल कुमार थापा र निर्देशक तथा अभिनेत्री झरना थापाको छोरी हुन् । सुहानाले डेब्यु चलचित्रबाट नै दर्शक र समिक्षकको मन जितेकी थिइन् । सुहाना पछिल्लो समय चलचित्र ‘ए मेरो हजुर ४’मा आबद्ध छिन् । कोरोना भाइरसको त्रास र सङ्क्रमणको सम्भावना बढेपछि सरकारले लागु गरेको लकडाउनमा कारण चलचित्रको छायाङ्कन रोकेर सुहाना यति बेला घरमै छन् ।

लकडाउनका कारण घरमै रहेका सुहानाले आज आफ्नो जन्मदिन परिवारसँग मनाउँदै छन् । सुहानालाई उनका साथीहरु, शुभचिन्तक तथा फिल्मकर्मीहरुले सामाजिक सञ्जाल मार्फत जन्मदिनको शुभकामना दिइरहेका छन् । सुहाना भगवान् कृष्णकी ठूलो भक्त हुन् । दर्शकको मन जित्न सफल आफ्नो आमाकी गुडियारानी सुहानालाई जन्मदिनको धेरै धेरै शुभकामना!!

Leave a Reply