‘गीत बनाउन गीतकारको भूमिका भए पनि त्यसलाई राज्यको सम्पति ठानिनु पर्छ’ :- पूजा मारिया

मोफसलमा रहेर गीतसंगीतमा लामो समयदेखि निरन्तर लागिरहेकी गीतकार हुन् पूजा मारिया । विशेष गरि राष्ट्रिय गीत लेखनमा राम्रो छाप बनाएकि मारिया छोटो समयमा नै निकै लोकप्रिय बनेकी छन | मारियाको पहिलो गीतिएल्बम नेपाल आमा केहि समय अघि मात्र बजारमा आएको छ । सानै उमेरदेखि गीतसंगीत तथा साहित्यमा लागेकी पूजा मारिया मोफसलमा बसेर पनि आफूमा भएको क्षमता देखाउन लागि परे कि छिन् । चाँडै नै अर्को एल्बम निकाल्ने सोचमा रहेकी पूजासंग कोरिबाटीले गरेको कुराकानी :-

  • पहिलो गीतिएल्बम नेपाल आमा कस्तो रह्यो ?

नेपाल आमाले राम्रैसँग स्रोतको मन जितेको जस्तो लाग्छ मलाई । एल्बम पहिलो भएका कारण मैलै खासै बजारमा बिक्रीको लागि राखिन । केही एल्बम देशबाहिर पनि गए । दुबईमा मेरो एल्बमले राम्रो चर्चा पाएको खबर पाएँ । एल्बम निकाल्दा अडियो मात्र भएकाले नेपाल आमाको काम अझै बाँकी नै छ जस्तो लाग्छ मलाई । नेपाल आमाका म्युजिक भिडियोहरु पनि चाँडै बजारमा ल्याउँदैछु । 

  • अहिले तत्काल के गर्दे हुनुहुन्छ ?

अहिले पनि म गीत संगीत रेकर्ड र म्युजिक भिडियोको काम साथै गीति संग्रहलाई बजारमा ल्याउने तयारीमा लागेकी छु  । 

  • मोफसलमा रहेर गीतसंगीतमा निरन्तरता दिन कतिको सजिलो छ ?

हुन त मोफसलमा पनि अहिले विभिन्न रेकर्डिङ स्टुडियोहरु त खुलेका छन्, एक–दुईवटा बाहेक खासै स्तरीय रेकर्डिङ नहुने भएकाले प्राय गीतहरु म काठमाडौबाटै रेकर्ड गराउँछु । जसले गर्दा रेकर्डको लागि खासै सहज त छैन तै पनि एउटा लेख्ने मान्छेलाई जाहीँ बसेर पनि लेख्न त सहज नै हुन्छ ।

  • आफ्नो करियर स्थापितका लागि तपाइलाइ राजधानीको मोहले तानेको छैन ?

राजधानीको मोहले कलाकारहरु सबैलाई छुन्छ तर सबै राजधानी गए मोफसलमा कसरी चिनिने ? त्यसैले म राजधानी र मोफसल बराबरी नै बस्छु ।

  • कसको प्रेरणाले यो क्षेत्रमा लाग्नु भयो ?

मलाई गीतसंगीतमा लाग्ने पहिलो प्रेरणा दिने आदरणीय संगीतकार दाइ बालन्द राई हुनुहुन्छ । र अन्य प्रेरणा मेरो जीवनका भोगाइहरुलाई नै लिन्छु म ।

  • कसरी गीत संगीतको क्षेत्रमा प्रवेश गर्नु भयो ?

प्राय गरी म बाल्यकालदेखि नै गीतसंगीत धेरै नै मन पराउँथे । नारायण गोपाल, अरुणा लामाका गीतहरुले मेरो बाल्यकालदेखि नै मन छोएको र अहिले आएर आदरणीय गीतकार दाइ कृष्णहरि बरालका शब्दहरुले मलाई हौसला दिएर यो क्षेत्रमा प्रवेश गरेकी हुँ ।

  • आजसम्म कतिवटा गीत लेख्नु भयो ?

राष्ट्रिय गीत, आधुनिक गीत, महिला अधिकार, बालअधिकार, र सांस्कृतिक चाडपर्वकाहरुसमेत गरी दुई सयभन्दा ज्यादा लेखिसकेकी छु । 

  • तपाईलाई गीतसंगीतमा सहयोग गर्नेहरुको नाम लिनु पर्दा कसको नाम लिनु हुन्छ ?

आदरणीय दाइ सुमित खड्का, संगीतकार राम सिटौला र मेरा साथीहरु नै मेरा सहयोगी हुनुहुन्छ । 

  • गीतकार पूजा मारियालाई कसरी चिन्नु हुन्छ ?

म आफुलाई राष्ट्रप्रेमी गीतकारको रुपमा चिन्दछु । 

  • सबैभन्दा अनुकरणीय व्यक्ति ?

म एउटा व्यक्तिको मात्र नाम लिन चाहन्न । जसले गीतसंगीतको इतिहासदेखि हालसम्म लागिपर्नु भएको छ, वहाँहरु सबै अनुकरणीय हुनुहुन्छ ।

  • गीत लेखनबाहेक के गर्न रुचाउनु हुन्छ ?

मलाई समाजसेवा गर्न मन पर्छ । 

  • तपाईको विचारमा गीत भनेको के हो ?

मानिसको अन्तस्करणभित्र गुम्सिएर रहेका भावनालाई शब्द-संगीतमार्फत पोख्नु नै गीत हो जस्तो लाग्छ । जसले सबैको मन छुनु सकोस् ।

  • गीत लेखनबाट कत्तिको आर्थिक सपोर्ट हुुन्छ ?

यो क्षेत्रमा निरन्तर लागिराख्दा केही आर्थिक लाभ पनि हुन सक्लान् तर अहिलेको अवस्थामा खासै आर्थिक लाभ देख्दिन म । 

  • संगीत क्षेत्रमा लाग्नु भएको छ, पुरानो बजारको संगीत र वर्तमान संगीत क्षेत्रमा कस्तो अन्तर पाउनु हुन्छ ?

बजारकै हिसाबले हेर्ने हो भने पुरानो बजारको क्षेत्रमा अहिलेको बजार अझ सरल भएको जस्तो लाग्छ । आधुनिकीकरणले गर्दा बजार प्रबद्र्धन गर्न सामाजिक सञ्जालहरुले पुलको काम गरेका छन् । स्रोताहरु पनि अलि बढेको जस्तो लाग्छ ।

  • तपाईंको रचनाका कति जति गीत रेकर्ड भए ?

विभिन्न खाले गीतहरु गरी दुई दर्जन बढी गीत रेकर्ड भएका छन् ।

  • एउटा रचनाकारलाई आफैंले गीत गाउन मन लाग्दैन?

स्वर राम्रो भए त मन लाग्थ्यो होला तर म बाथरुम सिंगर मात्र हुँ ।

  • तपाइको भावी योजना के छ ?

भावी योजना पनि मैले सांगीतिक क्षेत्रमै बिताउने सोच बनाएकी छु ।

  • गीत–संगीतको क्षेत्र राज्यको भूमिका कत्तिको चित्तबुझ्दो छ नि ? 

एउटा गीत बनाउन गीतकारको भूमिका पहिलो भए पनि त्यसलाई राज्यको सम्पति ठान्ने प्रवृत्ति हाम्रो देशमा अझै छैन । एउटा गीतको सिर्जना भनेको राज्यको पनि सम्पति हो । यसलाई संरक्षण र प्रबद्र्धन गर्न राज्यले अब ढिलो गर्नु हुँदैन ।

पूजा मारियाको पहिलो गीतिएल्बम ‘नेपाल आमा’ मा संग्रहित गीत

Leave a Reply