अनमोलको ‘जेरी २’को फन्ट डिजाइन गरेर ५० हजार जित्ने मौका

अभिनेता अनमोल केसीको मुख्य भूमिका रहने चलचित्र ‘जेरी २’को ‘टाइटल फन्ट डिजाइन कम्पिटिसन’ घोषणा गरिएको छ । प्रतियोगितामा सहभागी हुन इच्छुकले आफ्नो कल्पनामा आधारित भएर डिजाइन बनाउनु पर्नेछ । डिजाइनको छनोट जुरी समुहले गर्ने पोस्टरमा उल्लेख छ ।

इच्छुकले आफ्नै परिकल्पनाको फन्ट डिजाइन गर्नुपर्नेछ। यसमा नक्कल गरिएको डिजाइन मान्य हुने छैन।

सात वर्षअघि निर्माण भएको हेमराज बीसी निर्देशित चलचित्र ‘जेरी’को दोस्रो श्रृंखला बन्ने भएको छ।

लभस्टोरी जनरामा निर्माण हुने फिल्मको स्क्रिप्ट हेमराजकै हो । फिल्म ‘होस्टेल’बाट हेमराजले निर्देशन र अनमोलले अभिनेताको रुपमा डेब्यू गरेका थिए । पहिलो सहकार्य नै फलिफाप भएपछि उनीहरुबीच ‘जेरी’ र ‘गाजलु’मा पनि सहकार्य भयो । यसपछि भने हेमराजले अफर गरेका फिल्महरु अनमोलले अस्वीकार गर्दै आएका थिए । अन्ततः एकपटक फेरि हिट जोडीको सहकार्य भएको छ ।

चलचित्रलाई हेमराज बीसीले नै निर्देशन गर्ने भएका छन् भने निर्मातामा सरोज न्यौपाने र रामकृष्ण श्रेष्ठ छन् ।

[email protected] मा डिजाइन पठाउने समयसीमा डिसेम्बर २५ सम्मलाई तोकिएको छ । फिल्ममा फन्ट डिजाइन महत्त्वपूर्ण मानिन्छ । दर्शकलाई फिल्मप्रति आकर्षित गराउन पनि यसको भूमिका रहन्छ । त्यसैले फन्ड डिजाइनमा मेकरहरुले ध्यान दिने गरेका छन् । यसका लागि प्रतियोगिता नै घोषणा गर्दा अवसरको खोजीमा रहेकालाई ठूलो हौसला मिल्छ ।

हेमराज विसीको निर्देशनमा बन्न लागेको ‘जेरी २’मा अभिनेता अनमोल केसी अनुबन्ध भइसकेका छन् । फिल्ममा पूर्णिका सिजापति पनि फाइनल भइसकेकी छन् भने अनमोलको अपोजिटमा अभिनेत्री आना शर्माको नाम चर्चामा छ । सरोज न्यौपाने र रामकृष्ण श्रेष्ठको संयुक्त लगानीमा निर्माण हुने फिल्मको केही महिनादेखि स्क्रिप्ट लेखनसँगै तीव्र रुपमा प्रि-प्रोडक्सनको काम भइरहेको छ ।

Leave a Reply