रेखाको आक्रोश-‘लासहरुले पनि हृदय नछुने पापी व्यवस्थाले राजनीति झन् घृणित हुने देखिन्छ’

कोरोनाका कारण देश आक्रान्त रहेको यो समयमा देशको राजनीतिक दलका नेताहरुको सम्पूर्ण ध्यान कोरोना महामारी नियन्त्रणमा नभएर सत्ता हत्याउने र जोगाउनेमा अल्झिएको छ । यसले गर्दा आम जनता चिन्तित छन् र निराशा र आक्रोश पैदा भएको छ । यसैक्रममा अभिनेत्री रेखा थापाले फेसबुकमा आक्रोश पोख्दै लेखेकी छन्, ‘लासहरुले पनि हृदय नछुने पापी व्यवस्थाले राजनीति झन् घृणित हुने देखिन्छ।’

मानवजाती र महामारी बिचको लडाईंमा आ-आफ्नो राजनीतिक स्वार्थका रोटी सेक्ने लाजमर्दो दौडधुप पनि चलेकै उल्लेख गर्दै राप्रपा नेतृ समेत रहेकी थापाले अगाडि लेखेकी छन्, ‘ प्रधानमन्त्री फेरिएर कोरोना भाग्ने होइन होला र अर्को सरकार वा चुनाव भएर पनि जमिनी यथार्त फेरिदैनन । हामी नेपाली र यो राजनीतिले आफुलाई मात्र केन्द्रमा राखेर सोच्ने, बोल्ने र तर्क गरुन्जेल आम जनता सधैं निरिह रैति मात्र हुने भये । यस्तो बेलामा पदको पछाडि होइन आफूले पाएको मत र मतदाता बचाउने जिम्मेवारीमा अगाडि उभिनु पर्ने होइन र ? लाखौं मान्छेले मत दिएका माननीय अनी पार्टीहरु गुनासो र गाली गर्ने चौतारो हुन् ?’

Leave a Reply