मुम्बईको स्टुडियोमा ‘ह्यारी कि प्यारी’को पोस्ट प्रोडक्सन, बलिउडकर्मीले गरे तारिफ

हास्य अभिनेता जितु नेपाल र अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहको शिर्ष भूमिका रहेको चलचित्र ‘ह्यारी कि प्यारी’ यतिबेला चर्चामा छ । कमेडीमा जमेका जितु र रोमान्टिक अभिनेत्रीको छवि बनाएकी साम्राज्ञीको यो पहिलो सहकार्य कस्तो बनेको होला भन्ने जिज्ञासा चौतर्फी सुरु भएको छ । माघ २० लाई प्रदर्शन मिति तोकेको चलचित्रलाई डा: कपिल रिजालले निर्देशन गरेका हुन् । रोमकम जनराको चलचित्रमा निर्देशक रिजालकै प्रस्तुति र कथा छ ।

रिलिजको लागि २ महिनाको समय बाँकी रहँदा सिनेमाको टिम भने यतिबेला बलिउड नगरी मुम्बई पुगेको छ । मुम्बईको चर्चित प्राइम फोकस स्टुडियोमा ‘ह्यारी कि प्यारी’को पोस्ट प्रोडक्सनको कार्य भैरहेको छ । प्राइम फोकसले यसअघि ‘ओम शान्ति ओम’, ‘मेरी कोम’, ‘पा’, ‘गुरु’, ‘गजनी’, ‘एक भिलेन’, ‘कयामत’, ‘धडक’, ‘गुड न्युज’ जस्ता थुप्रै बलिउड सिनेमाको सम्पादन गरिसकेको छ ।

नेपालमा प्रयाप्त प्रोडक्सन स्टुडियो भएपनि राम्रो नतिजा दिन मुम्बईको अत्याधुनिक स्टुडियोमा प्रोडक्सन कार्य थालनी गरिएको निर्देशक रिजालले बताए ।

Leave a Reply