“बुलबुल” निर्देशकको पहिलो हलिउड नेपाली चलचित्र भूठान (द वर्ल्डस् ह्यापियस्ट म्यान) को छायाँकन सम्पन्न

नेपालीमा “भूठान” र अंग्रेजीमा “द वर्ल्डस् ह्यापियस्ट म्यान” छुट्टाछुट्टै नाम रहेको “वुलवुल” निर्देशक विनोद पौडेलद्वारा निर्देशित पहिलो हलिउड नेपाली चलचित्रको सम्पूर्ण छायांकन हालै सकिएको छ । यसमा नेपालबाट हरिवंश आचार्य, दयाहाङ्ग राई, पुजा चन्द लामा, रिचा घिमिरे, भुवन प्याकुरुल, अदिति प्याकुरेल, कौशिला खनाल कर्मचार्य साथै भारत बाट अनुराधा मजुमदार तथा अमेरिका बाट हलिउडका विश्व विख्यात अभिनेता बू्रश डनलगायत विभिन्न कलाकारहरु जोडिएका छन् । सांघुरोका निर्देशक जोयश पाण्डे र नेपाली नाट्य क्षेत्रका सफल व्यतित्व विमल सुवेदी पनि यस चलचित्रमा अभिनेताका रुपमा पनि देखिने भएका छन् ।

विगत पाँच वर्ष देखिको निरन्तर प्रयासपछि हालै सम्पन्न भएको यो चलचित्र, हलिउडकै अन्तर्राष्ट्रिय मान्यता र मापदण्डमा रहेरबनाइएको हो । “यो नेपालको लागिपहिलो यूनियन (स्याग) चलचित्रहुनेछ । यसमाबु्रश डन मात्रनभएर हलिउडकै प्रख्यातप्राविधिकहरुपनिजोडिएका छन्, जसले गर्दा यस चलचित्रको प्रविधिकपक्षअत्यन्तैै सबल रहेको र कथापनिविश्वले आत्मसातगर्ने भएकोले योचलचित्रमार्फत हामीविश्वबजारमाआफ्नो पहुंच बनाउने कुरामाविश्वस्त छौं जुन सम्पूण नेपाल र नेपालीको गर्वको कुरा हो”, लेखक, निर्दैशकपौडेल बताउँछन् ।

म्याड मंकीफिल्मस्ले निर्माण गरेको यस चलचित्रमा, हलिउडकै भ्याकेन्ट लाइट, एभरेष्ट इन्टरटेनमेन्ट, ठकुराठी ब्रोस र नेपालबाट अवेकन प्रोडक्सन जस्ताकंपनिले सहकार्य गरेकाछन् । यसकाकार्यकारी निर्माताहरु कौशिलाखनालकर्मचार्य, एल.एनअधिकारी,अपार श्रेष्ठ, रमेश भट्ट छन् भने निर्माताहरुमा राजेन्द्र ठकुराठी, अभितावजोशी र अविरलथापा रहेका छन् । यो चलचित्र २०२४ को अन्त्य सम्मदर्शक सामु ल्याउने र विश्वव्यापी रुपमाप्रदर्शन गर्ने योजना रहेकोे जानकारीयसकाकार्यकारीनिर्माताहरु कौशिलाखनालकर्मचार्य,एल.एनअधिकारी , रमेश भट्ट र अपार श्रेष्ठले दिए ।

Leave a Reply