ग्रेस ईभेन्टको पाचौं वार्षिकोत्सव भव्य रुपमा सम्पन्न[तस्बिरहरु]

राजधानी तथा मोफसलमा विभिन्न सफल ईभेन्ट, सौन्दर्य प्रतियोगिता, फेशन शो लगायतका कार्यक्रमहरु आयोजना गरेर ख्याती कमाउन सफल ग्रेस ईभेन्टको पाचौं बार्षिक उत्सव धुमधामसाथ सम्पन्न भएको छ ।

आफ्नो ५ औं बार्षिक उत्सवको अवसर पारेर शुक्रबार राजधानीको एस आर बैङ्क्वेट धुम्बाराहीमा आयोजना गरेको एक कार्यक्रममा चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहाल, गायिका सिन्धु मल्ल, गायक सिताराम पोखरेल, ईभेन्ट व्यवस्थापक डेविल सिंह राजपुत, लब बहादुर कार्की, टेकराज पाण्डे, राज लुईटेल, सोनित राज ढुङ्गेल, शान्ता कुमारी लामा र देवराज घिमिरे सबैलाई एकसाथ सम्मान गरिएको हो ।

ग्रेस ईभेन्टका अध्यक्ष शिशिर तण्डनले ५ वर्षको कार्यक्रम मनाउन पाउदा साहै खुसी लागेको बताए । उनले ५ बर्षको यात्रामा आफुलाई सहयोग गर्ने सल्लाह दिने सबैमा न्यानो माया समेत ब्यक्त गरे । साथै ‘कार्यक्रममा कार्यक्रम व्यवस्थापनको क्षेत्रमा लामो समय देखि सेवा दिने तथा सौन्दर्य क्षेत्रको माध्यमबाट देशको नाम बिदेशसम्म पुर्याउनेलाई सम्मान गर्न पाउँदा खुसी लागेको वताए ।

चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहालको प्रमुख आतिथ्यतामा सम्पन्न वार्षिक उत्सवमा कार्यक्रम निर्माता तथा संचालक सुशिल नेपाल, गायक विवेक लामा, वरिष्ठ गायक सिताराम पोखरेल, राष्ट्रिय फुटवल खेलाडि(थ्री स्टार क्लव) दोना थापा, गायक सपन श्रेष्ठ, गायक सनिश श्रेष्ठ, गायक महेश काफ्ले, कमेडियन तथा जादुगर महादेव त्रिपाठी, नेपाल्को पहिलो बक्सिङ च्याम्पियन मनिष डंगोल, कमेडियन राजेन्द्र गिरि, गायक आष्मान लोप्चन, मोडल मनिष थापा, गायक प्रदिप लामा, फेषन स्टाईलिस्ट सुमन खड्का, गायक राज बाबु नेपाल, ग्रेस ट्यालेन्ट हन्ट २०२१ का जुरी मेम्बर दिपिका लामा, सज्जा चौला्गाईं, कृष गुरुङ लगायतका सेलिब्रेटी अतिथीहरु रहेका थिए।

ग्रेस ईभेन्ट मार्फत स्कुल तथा कलेजमा अध्ययनरत छात्र छात्राहरुलाई लक्षित गरि शिक्षा, मनोरन्जन, खेलकुद र सौन्दर्यको माध्ययवाट उनीहरुको व्यक्तिव विकास, भाषण कला, नेतृत्वदायी क्षमताको विकास, अनुसासन ,आन्तरीक कला प्रर्दशन र उच्च शिक्षामा सहयोगीको भुमिका खेल्दै वार्षिक रुपमा राजधानी र मोफसलमा गरी दर्जनौ सौन्दर्य प्रतियोगीता र अन्य मनोरन्जनात्मक कार्यक्रमहरु गर्दै आइरहेको छ ।

कोभिडको कहरका कारण ग्रेस ईभेन्ट द्वारा आयोजित ग्रेस ट्यालेन्ट हन्ट २०२० र २०२१ का बिजेता भएका प्रतिस्पर्धीहरुलाई समेत वार्षिकोत्सव कै अवसर पारी उपाधी र प्रमाणपत्र सहित सम्मनित गरिएको थियो।

ग्रेस ईभेन्टको ५ औं बार्षिक उत्सवको अवसरमै ‘फुर्लिमा फाउण्डेशन’ को औपचारिक घोषणा समेत गरिएको छ । संस्थाले महिला तथा समग्र युवाहरुको आवाज बनी सदैव महिला हिंसा, एकल महिला साथै तेश्रो लिङ्गीहरुको समस्याको समाधान गर्दै उनीहरुको हकहित र मानव अधिकारको निमित्त लड्न सहयोग गर्नुको साथै देशमा भैपरी आउने समयमा जस्तोसुकै समस्यामा साथ र सहयोग गर्दै जनचेतनामुलक कार्यहरु गरी शिक्षा प्रदान गर्ने संस्थाको उद्देश्य रहेको संस्थाका सिईओ मिङ्मा शेर्पाले जनाए।

कार्यक्रममा ग्रेस ईभेन्टबाट बिभिन्न समयमा आयोजित सौन्दर्य प्रतियोगीताका बिजेताहरु साथै अन्य मोडलहरुले बिभिन्न थिममा फेसन शो समेत प्रस्तुत गरेका थिए । सम्मान र फेसन शोले भरिएको कार्यक्रम सुरुदेखि अत्यसम्म रंगिन बनेको थियो । कार्यक्रममा मिडियाको ५ औं बर्ष पुगेको उपलक्ष्यमा चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहालले शुभकामना मन्तव्य समेत दिएका थिए ।

कोभिडको संक्रमणलाई मध्यनजर गर्दै सम्पूर्ण स्वास्थ्य मापदण्ड पुरा गर्दै सम्पन्न वार्षिकोत्सवको कृयटिभ हेडमा सौरभ मल्ल ठकुरी, अफिियल फोटोग्राफरमा बिन्द्र प्रजापति, सुजित प्रजापति अफिसियल फेशन कोरियोग्राफर सु्शान्त काजी श्रेष्ठ, एसिस्टेन्ट कोरियोग्राफर जुनिता राई, भिडियो ग्राफर प्रसन्न मुलिक र सुरेश तामाङ रहेका थिए।

ग्रेस ईभेन्टका महासचिव पवन कोईराला र सोफी तामाङले संचालन गरेको कार्यक्रममा ग्रेस ईभेन्टका सिईओ सुरज थापाले सौन्दर्य प्रतियोगिता तथा यससंग आवद्द सम्पूर्ण क्षेत्रबाट पनि देशलाई विश्वसमुदायमाझ चिनाउन सकिने धारणा राखेका थिए ।

Leave a Reply