शोभित बस्नेतको ‘बद्री बहादुर’को विदेश राइट्स २० लाखमा बिक्री

शोभित बस्नेतले निर्देशित चलचित्र ‘बद्री बहादुर’को विदेश राइट्स महंगोमा विक्री भएको छ । व्यवसायी पूजा तामाङले २० लाखमा फिल्मको विदेश प्रदर्शन अधिकार खरिद गरेकी हुन् । बुधवार राजधानीमा आयोजित एक कार्यक्रमका बीच निर्देशक शोभित र व्यवसायी तामाङबीच विदेश राइट्स विक्रीको सम्झौता पत्रमा हस्ताक्षर भएको हो ।

सञ्चारकर्मी रबि अधिकारी कार्यकारी निर्माता रहेका चलचित्रमा जयकिशन बस्नेत, छुल्ठिम गुरुङ, राजिब जंग बस्नेत, धिरेन शाक्य लगायतको अभिनय छ । यो चलचित्रबाट एलिना गुरुङले अभिनेत्रीको रुपमा डेब्यू गर्दैछिन् । अभिनेत्री पूजा शर्मा र अभिनेता सलोन बस्नेतले चलचित्रको एक गीतमा एकसाथ नृत्य गरेका छन् । कमेडी जनरामा निर्मित चलचित्रको केही दिनमै नेपाल प्रदर्शन मिति सार्वजनिक गर्ने तयारी छ । आउँदो साता सलोन बस्नेत र पूजा शर्मा अभिनित चलचित्रको गीत सार्वजनिक गर्ने तयारीमा निर्माता छन् ।

एबि पिक्चर्स फार्म र सलोन सलिना ब्यानरमा निर्माण भएको चलचित्रका प्रस्तुतकर्ता विजय गोपाल दली र निर्माता मिथुन भोटे हुन् । चलचित्रमा टंक बुढाथोकी र उजन नेम्वाङको संगीत, रामकाजी घिमिरे लेखन, शिव विकको नृत्य निर्देशन, शंकर महर्जनको द्वन्द्व, विनोद सापकोटाको छायाङ्कन र समिर मियाँको सम्पादन छ । चलचित्रको काठमाडौँ, लमजुङ, धरान र सङ्खुवासभामा छायाङ्कन भएको हो । चलचित्रको कोभिडअघि छायांकन भएको थियो ।

Leave a Reply