मिलन चाम्सको ‘बर एन्ड बधु’ मा विजय लामाको इन्ट्री

कलाकार विजय लामा निर्देशक मिलन चाम्सको निर्देशन रहने चलचित्र ‘बर एण्ड बधु’मा अनुबन्धित भएका छन् । चलचित्रको मुख्य भूमिकामा लामा भित्रिएका हुन् ।

चाम्सले फेसबुकमा तस्बिर पोस्ट गर्दै लेखेका छन् ‘बरिष्ठ कलाकार विजय लामासँगको सहकार्य ‘बोबी’, ‘गोर्खा वारियर २’ हुँदै ‘बर एन्ड बधु’ सम्म ।’ चाम्सले लामासँग आगामी दिनमा पनि निरन्तर सहकार्य गर्ने जनाएका छन् ।

कमेडी र प्रेमकथामा आधारित रहने चलचित्रमा यसअघि मुख्य भुमिकाको लागि आँचल शर्मा फाइनल भैसकेकी छन् । चलचित्रको छायांकन फागुन अन्तिमबाट शुरु हुने बताईएको छ । चलचित्रका अन्य कलाकार केही दिनमै फाइनल हुने निर्माणपक्षले बताएको छ ।

Leave a Reply