‘मिस्टर ममी’मा रितेश र जेनेलिया दुवै गर्भवती

बलिउडको लोकप्रिय र प्यारो रियल लाइफ जोडी रितेश देशमुख र जेनेलिया नयाँ कमेडी चलचित्र लिएर फर्किएका छन् । रितेश र जेनेलिया अभिनित ‘मिस्टर ममी’को फस्टलुक सार्वजनिक गरिएको छ । यो चलचित्रको फस्टलुकमा रितेश र जेनेलिया दुवैलाई गर्भवती भएको देखाइएको छ । शाद अलीले निर्देशन गरेको चलचित्रलाई भुषण कुमार हेटिक सिनेमा प्रालिको ब्यानरमा निर्माण गरिएको छ ।

उनीहरुले जोडीको रुपमा अभिनय गरेको अन्तिम चलचित्र २०१२को तेरे नाल लभ हो गया थियो । उनीहरुको अनस्क्रिन केमेस्ट्री निकै राम्रो भएकोले उनीहरुलाई मानिसहरु लामो समयदेखि सँगै हेर्न चाहन्छन् । इन्स्टाग्राममा उनीहरुको रमाईलो रिल्स र भिडियोहरु भाइरल हुन्छन् ।

Leave a Reply