नेपाली कलाकारहरुको नक्कली अश्लील भिडियो बनाउने बिरुद्ध कलाकार संघको उजुरी

नेपाल र भारतको सिमा विवाद चर्किएपछि भारतीय ह्याकरहरु नेपाली विरुद्द लागिपरेका छन् । उनिहरुले केहि सरकारी वेवसाइटसमेत ह्याक गरिसकेका छन् । यस्तैमा भारतीय ह्याकरले केहि नेपाली नायिकाहरुको फेक अश्लील भिडियो सार्वजनिक गरेपछि ह्याकर विरुद्द नेपाल चलचित्र कलाकार संघले महानगरिय अपराध महाशाखा, टेकुमा उजुरी दिएको छ । मंगलबार संघका अध्यक्ष रविन्द्र खड्काले आवश्यक सामाग्रीसहित टेकुमा उजुरी दिएका हुन् ।

‘इण्डीयन स्पाइडर स्क्वाड’को नाममा आएको सुचनामा लिम्पियाधुरा, कालापानी र लिपुलेख भारतको भएको बताउँदै अश्लील भिडियोमा नेपाली नायिकाहरुको अनुहार राखेर भिडियो बनाइ सार्वजनिक भएको थियो । सुचनामा १२ जना नायिकाहरुको मोबाइल ह्याक गरी भिडियो सार्वजनिक गरेको तयारी गरेको बताइएको छ । केहि नायिकाहरुको भने सार्वजनिक गरिसकेको छ ।नेपाल चलचित्र कलाकार संघका अध्यक्ष रविन्द्र खड्काले सीमा विवादको नाममा नेपाली चेलीको चरित्रहत्या स्विकार्य नभएको बताए । प्रहरीले छिटो भन्दा छिटो दोषी पहिचान गरी कारबाही गर्ने बिश्वास लिएको उनले बताए ।

Leave a Reply